२०७९ जेष्ठ ४ बुधबार

दैनिक २ हजार वि’रामीका लागि अक्सिजन उत्पादन गर्नसक्ने कम्पनी २ दिनयता बन्द ।

काठमाडौं : अक्सिजन नपाएर को’रोना भाइ’रसका संक्र’मितको अस्पतालमै मृ’ त्यु भइरहँदा देशको सबैभन्दा बढी अक्सि’जन उत्पादन गर्नेमध्येको कम्पनी दुई दिनयता बन्द छ ।

२४ घन्टामा ९ सय सिलिन्डर अक्सिजन भर्न सक्ने महालक्ष्मी नगरपालिकास्थित सोपान मेडिकल अ’क्सिजन दुईदिनयता ब’न्द भएको हो । अ’क्सिजन प्लान्टरको मेशिन बिग्र’दा उत्पादन बन्द भएको हो ।

कम्पनीका अनुसार मेशिनको पार्ट भारतबाट ल्याइँदैछ र जडान गर्न केही समय लाग्नेछ । सम्भवत भोलिबाटै मेशिन पुनः संचालनको तयारी भइरहेको छ । सोपानले देशका ठूला अस्प’तालहरुमा अक्सिजनको आपू’र्ति गर्दै आएको छ ।

अक्सिजन उत्पादन बन्द भएपछि ती अस्पतालहरुमा पनि अक्सिजनको अ’भाव भएको छ । दैनिक ९ सय सिलिन्डर अक्सि’जन उत्पादन क्षमताको कम्पनी दुई दिनयता बन्द

हुँदा दैनिक २ हजार जति विरामी प्रभावित भएका छन् ।
अक्सिजन कम्पनीमा अक्सिजन लिन पुगेका अस्पतालका गाडी देखि व्यक्तिहरु रित्तो फर्किइरहेका छन् । अक्सिजन सिलिन्डर बोकेर दौडनेको दृश्य सडकमा बढ्न थालेको छ ।

सरकारले अक्सिजन कम्पनीहरुमा सुरक्षाकर्मी तैनाथ गरेपनि उनीहरुलाई अप्ठ्यारो पर्दा ग’म्भीरता देखाएको छैन । अक्सि’जन कम्पनीहरुको मेशिन बि’ग्रदा तत्काल क’दम चाल्नु’पर्नेमा नचालेको देखिन्छ । रिपोर्टस नेपाल

२०७८ जेष्ठ १, शनिबार १९:४६ गते 1 Minute 620 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।