
धनुषा : को’रोना महामा’रीको दोश्रो संक्र’मण फै’लिएसंगै अक्सिजन अभावले संक्र’मित दिनहुँ मर्नुपर्ने बाध्य’तात्मक अवस्था बीच जनकपुरधाममा अक्सिजन उद्योग सञ्चालनमा आउने भएको छ ।
अधिकांश को’रोना संक्र’मितहरुको श्वासप्रश्वासमा समस्या देखिएसंगै अक्सिजनको अभावकै कारण अस्पतालको शै’य्यामा छट्पटाईरहेका को’रोना सं’क्रमितहरुकाे मृ’ त्यु भइरहँदा जनकपुरधाममै १० दिन भित्रैमा सञ्चालनमा ल्याउनेगरी
तीव्र गतिमा निर्माणकार्य अगाडि बढाएको श्री रामजानकी ग्यास उद्योग सञ्चालक बिजयकुमार साहले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बेलामा श्रीराम जानकी ग्यास उद्योगले दुई साता भित्रै अक्सिजन उत्पादन गरिने भएको छ ।
उनका अनुसार मेसिन जडानको कार्य ७५ प्रतिशत पूरा भई सकेको र पाइपलाइन जडान गर्ने कार्य सम्पन्न भए लगत्तै अक्सिजन उत्पादन हुने छ ।
उद्योग संचालक साहले भने, ‘हाम्रो लक्ष्य जतिसक्दो चाँडो अक्सिजन उत्पादन गर्ने गरि रफ्तारमा कार्य भईरहेको छ, र अझै १० दिन उद्योग संचालनमा समय लाग्ने छ ।’
सो उद्योगको मेसिन जडान गर्ने काम भारत जयनगरका मैकेनिक ई’न्जिनियर पुरुषोत्तम शर्माले गरिरहेका छन् । उनले अक्सिजन उत्पादन गर्ने सबै मेशिन जडान भई सकेको र अक्सिजन फि’लिंग गर्ने पाइपलाइनको काम सम्पन्न हुन करिब १० दिन लाग्ने बताए ।
अक्सिजन उत्पादन गर्नका लागि आवश्यक एयर कम्प्रेसर, मोइस्चर सेप्रेसन, एयर फिल्टर, कार्बन फिल्टर, अमोनिया फिल्टर, एयर से’प्रेसन युनिट, फिलिं’ग युनिट लगायतका यन्त्रहरु जडान भई सकेको उनले बताए ।
श्रीरामजानकी ग्यास उद्योगका संचा’लक साहले भने, ‘मेसिनहरु जडान भई सकेपछि दिनमा ५ सय भन्दा बढी ठूलो अक्सिजन सिलिण्डर भर्न सक्ने क्षमता रहेपनि तत्काल २ सय सिलिण्डर भर्न सकेमा हाम्रो लागि सफलता हुनेछ ।’
धनुषा जिल्लामा सामान्य दिनमा २ सय सिलिण्डर अक्सिजन ख’पत हुदैँ आएको थियो भने अहिले कोरोना महामारीको बेला ५ सय सिलिण्डर भन्दा बढी खपत भईरहेको अवस्था छ । तर सो अक्सिज’न सिलिन्डर ग्यास समेत उपलब्ध नहुदाँ धनुषामा
दिनहुँ ३ जनाको दरले को’रोना संक्र’मणका म’र्नुपरिरहेको अवस्था छ । धनुषाकोे ढल्केवरमा ढल्केवर अ’क्सिजन उद्योग छ भने यो दोश्रो उद्योग खुल्दैँछ । यो उद्योग संचालनमा आएमा यहाँका वासीलाई निकै ठुलो राहत मिल्नेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।