२०७९ श्रावण २८ शनिबार

मनछुने भनाईहरू – मान्छेहरुले तपाईलाई धोखा त्यतिबेला मात्र दिन सक्छन जतिबेला तपाई आफैले त्यो मौका दिनुहुन्छ ।

१) सत्यलाई हजार अलग अलग तरिकाले पनि भन्न सकिन्छ, तर जुन तरिकाले भने पनि सत्य सत्यनै लाग्छ, तेसै गरि झुटलाई पनि हजार अलग अलग तरिकाले भने पनि झुट झुटनै लाग्ने गर्छ, त्यसैले सत्यलाई झुट र झुटलाई सत्य बनाउन असम्भव छ ।

२) तपाई संग हजारौ साथीहरु होलान तर जब तपाई बिरामी परेर हस्पिटलमा पुग्नुहुन्छ तब हस्पिटल बाहिर उभिने तपाईको आमा बुबा, तपाईको श्रीमती र तपाईको छोरा छोरी माता हुन् । त्यसैले यो कल्पनाको दुनियाबाट निस्किएर आफ्नो परिवारलाई समय दिनुहोस ।

३) घरमा चाहे जतिनै मान्छे हुन् तर आमा हुनुन्न भने त्यो घर खाली खाली नै लाग्छ ।
४) फुल जतिनै शुन्दर भए पनि प्रशंसा सधै त्यसको मिठो वास्नाको गरिन्छ, त्यसैगरीमान्छे जति नै ठुलो र राम्रो किन नहोस, प्रशंसा सधै त्यसको राम्रो गुणको गरिन्छ ।

५) मान्छेहरुले तपाईलाई धोखा त्यतिबेला मात्र दिन सक्छन जतिबेला तपाई आफैले त्यो मौका दिनुहुन्छ ।
६) कति शब्द सुन्दा नमिठो लागेपनि त्यसको अर्थ भने राम्रो पनि हुनसक्छ त्यसैले प्रतिकृया दिनु भन्दा पहिले बुझ्नु राम्रो ।

७) कुरा गर्न मजा त ति मान्छेहरु संग हुन्छ, जो संग बोल्नका लागि पहिला केहि सोच्नु पर्दैन ।
८) इज्जत कनै व्यक्तिको होइन, आवश्यकताको हुन्छ । आवश्यकता सकियो त इज्जत पनि सकियो ।

९) प्राय मान्छेहरु भन्ने गर्छन् कि पहिलो माया भुल्न सकिदैन भनेर, फेरी किन आफ्नो आमा बुबाको मायालाई भुल्ने गर्छन् ।
१०) हार्न जानेको छैन दुख देखि र त जित्न पनि दिदैन दुखले । ११) मर्न देखि डर लाग्दैन बरु मरेपछि रुने हरुको आशुको पिर लाग्छ ।

१२) आशु झरेको बेला हातको दश औला भन्दा त्यो एउटा औला खास हुन्छ जसले आशु पुछ्ने गर्छ, त्यसैगरी सफलतामा ताली बजाउने हजारौ हातहरु भन्दा दुखको बेला साथ् दिएको त्यो एउटा हात नै खास हुन्छ ।

१३) बस, मुस्कुराउन सिक्नुपर्दछ, रुन त जन्मिने बित्तिकै विरासतमा मिलिसकेको थियो ।
१४) आफ्नो मान्छेको कदर समयमै गर किनकि मरेपछि त पराईले पनि दुई थोपा आँशु झारिदिन्छ ।

१५) या त आफै मेहेनत गरेर आफ्नो भाग्य लेख नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।
१६) यो पैसा भन्ने पनि अचम्मको चिज छ, जो संग छैन उसलाई कसैले इज्जत दिदैंन र जो संग छ उसले कसैको इज्जत नै गर्दैन ।

पैसा व्यवस्थापनको लागि केही सुझाव : अन्य पक्ष जस्तै आर्थिक पक्ष पनि मानिसको जीवनमा अपरिहार्य तत्व हो । यसलाई व्यवस्थापन गर्न नसक्दा जीवनमा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुन्छन् । यहाँ आर्थिक व्यवस्थापनको लागि केही सुझावहरु राखिएको छ ।

– आर्थिक पक्षको लागि पनि एउटा लक्ष्य बनाउनुहोस् । – हरेक कामलाई सम्मान गर्ने बानी बसाल्नुहोस् ।
– दैनिक जीवनको खर्चको प्राथमिकता छुट्टाउनुहोस् । – कहिल्यै पनि आम्दानी भन्दा खर्च बढी गर्नु हुँदैन। – आफ्नो आम्दानी र ती प्राथमिकताको लेखाजोखा गर्नुहोस् ।

– बढी प्राथमिकतामा परेका कुराहरुमा खर्च गर्ने र अरुमा खर्च कटौती गर्ने गर्नुहोस् । – एउटा सिक्काको पनि महत्व हुन्छ भन्ने कुरा बुझ्नुहोस् ।
– परिवारका हरेक सदस्यमा पैसा बचत गर्ने बानीको विकास गर्नुहोस् । – आफूसंग पैसा माग्नेहरुसंग सजग रहनुहोस् ।

– कुनै पनि कामको लागि ऋण लिंदा, आफ्नो आम्दानिको स्रोत, आम्दानि बारे लेखाजोखा गरेर मात्र ऋण लिनुहोस् ।
– पैसालाई आफ्नो अहम संग नजोडेर त्यसलाई एउटा माध्यमको रुपमा मात्र लिनुहोस् ।

– फजुल खर्च घटाएर त्यो पैसाको अंश सामाजिक सेवामा लगाउनुहोस् ।
– जीवनमा जुनसुकै बेला कुनै पनि घटना घट्न सक्छ । त्यसैले सधै ‘त्यो पैसा छैन’ भन्ने आफ्नो मानसिकता बनाएर केही रकम बचत गरेर राखिराख्नुहोस् ।

२०७८ जेष्ठ ३, सोमबार १०:५५ गते 0 Minutes 899 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।