२०७९ मंसिर १६ शुक्रबार

जुन १ तारीख बाट अन्तराष्ट्रिय उडान खुल्ने संकेत, यस्तो आयो जानकारी ।

काठमाण्डौ : आउँदो जुन १ अर्थात् जेठ १८ गतेदेखि अन्तर्राष्ट्रिय उडानहरू केही सहज बनाउने तयारी भइरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।

कोरो’ना सङ्क्र’मण रोक’थामका लागि बन्द भएको अन्तर्राष्ट्रिय उडानहरू स्वास्थ्य मापदण्ड क’डाइका साथ पालना गर्ने गरी निश्चित देशहरूबाट कोटा तोकेर सञ्चालन गर्ने सोच बनाइएको संस्कृ’ति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्यका मापदण्ड पालना गर्दै जुन १ देखि उडानमा केही सङ्ख्यामा खोल्ने भन्ने मन्त्रालयको सोच छ, तर यो कुरा मन्त्रालयले मात्र निर्णय गरेर हुने चाहिँ होइन ।’नेपालमा नयाँ भेरि’य’न्टसहितको को’राेना स’ङ्क्र’मण फै’लिएपछि सरकारले गएको वैशाख २३ गते रातिदेखि अन्तर्राष्ट्रिय उडानमा रोकेको लगाएको हो ।

तर उडान लामो समय रोकिँदा विभिन्न देशमा नेपाली नागरिकहरू अल’पत्र परेका छन् । देश अनुसार हप्तामा केही उडान भएमा पनि टि¥कट काटेर पनि घर फर्कन नपाएका नेपालीहरूलाई सहज हुनेछ ।

यस्तै सरकारले नेपालमा अड्किएका भारतीय नागरिकलाई साउदी अरेबिया लैजान चा”र्टर्ड उडान गर्न अनुमति दिएको छ । तर नेपालमा रोकिएका भारतीय नागरिक लिएर साउदी अरब जाने नेपाली जहाजहरू रि’त्तै फर्कने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातामा १० वटा चार्टर्ड उडान गर्ने गरी आवश्यक कार्य गर्न नागरिक उड्डयन प्राधिक’रणलाई निर्देशन दिइसकेको छ । सरकारले नेपालस्थित भारतीय दूतावासबाट सिफा’रिस भएका भारतीय नागरिकलाई मात्रै साउदी लैजान अनुमति दिएको हो सहसचिव लामिछानेले जानकारी दिनुभयो ।

‘भारतीय दूतावासको अनुरोधमा अनुमति दिइएको हो, अहिलेलाई एकत’र्फी भनिएको छ, तर उताबाट फर्कँदा यात्रु ल्याउन पाउने अहिले भनिएको छैन,’ उहाँले भन्नुभयो,‘विदेशबाट आएका नागरिकको व्यवस्थापन र

स्वास्थ्यका मापदण्ड लगायतका कुरा स्वास्थ्य मन्त्रालयका साथै अन्य निकायबाट निर्णय नभएसम्म हामीले भन्न सकिने अवस्था छैन । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा पनि एअर बबल सम्झौता अनुसार नेपाल र भारतबीच भने हप्तामा दुई वटा उडान भइरहेको छ ।

यी उडानमार्फत नेपाल फर्कंनेले १० दिन अनिवार्य सरकारले तोकेको होटेल क्वरे’ण्टी’नमा बस्न पर्छ । तर अब अन्य देशबाट उडानहरू सञ्चालन भएमा मापदण्ड के हुने भन्ने निर्णय भइसकेको छैन । -न्युज नेपाल मिडिया

२०७८ जेष्ठ ५, बुधबार १७:४८ गते 1 Minute 647 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।