२०७९ जेष्ठ ५ बिहीबार

स्वास्थ्य सामाग्रीका लागि एक लाख सहयोग गर्नुहुने पूर्वमन्त्री भण्डारी लाई हार्दिक नमन ।

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारीले तनहुँमा स्वास्थ्य सामाग्री खरीदका लागि सहयोग गर्ने भएका छन्।

पूर्वमन्त्री भण्डारीले नेपाली कांग्रेस तनहुँमार्फत् १ लाख १ हजार १११ रुपैयाँ सहयोग गर्ने भएका हुन्। नेपाली कांग्रेस व्यास नगर समितिका सह-सचिव डम्बर अधिकारीले जानकारी

दिएअनुसार उक्त रकम भोलि नेपाली कांग्रेस तनहुँलाई हस्तान्तरण गरिने छ। पूर्वमन्त्री भण्डारीले सहयोग प्रदान गरेको रकममार्फत् नेपाली कांग्रेस तनहुँले जिल्लाका विभिन्न अस्पताल र स्थानीय तहले सञ्चालन गरेका आइसोलेसन कक्षमा

स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यवाहक सभापति जितप्रकाश आलेले बताएका छन्।पूर्वमन्त्री भण्डारीले पार्टीमार्फत् सहयोग प्रदान गरेकोमा कार्यवाहक सभापति आलेले धन्यवाद

ज्ञापन गरेका छन्। पूर्वमन्त्री भण्डारीसहित परिवारका सदस्य केही दिनअगाडि कोरो’नाको सङक्र’मित भएका थिए।( नेपाल समयबाट )

२०७८ जेष्ठ ६, बिहीबार ०१:५० गते 1 Minute 753 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।