२०७८ माघ ११ मंगलवार

अन्तरराष्ट्रिय उडानको लागि चार्टर उडान अनुमति प्रदान नगर्न सरकारको ध्यानाकर्षण ।

काठमाडौँ : नेपाल एसोसि’एशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले चार्टर उडानमा अत्यधिक हवाई भाडा मह’ङ्गो भएको भन्दै नाट्टाले अन्तररा’ष्ट्रिय गन्तव्यका लागि चार्टर उडान

अनुमति प्रदान नगर्न सरकारको ध्याना’कर्षण गराएको छ । (नाट्टा)ले नेपाल भ्रमणमा आएका विदेशी नागरिकलाई आफ्नो देश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै त्यस्तो ध्याना’कर्षण गराएको हो ।

नाट्टाका कार्य’वाहक अध्यक्ष विनय बस्नेतले मङ्गलबार विज्ञप्ति जारी गरी नयाँ भेरिय’न्टसहित दोस्रो चर’णको को’रोना सङ्क्र’मणले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी पर्यटक अ’लपत्र परेको भन्दै स्वदेश फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गर्नुभएको हो ।

“नेपाल आएका विदेशी पर्यटक आफ्नो भ्रमण सम्पन्न गरी आफ्नो गन्तव्यमा जानलाई रोकिएको अवस्थामा त्यस्ता पर्यटकको विवरण सङ्क’लन गरी यसै आधारमा आवश्यक

गन्तव्यको पहिचान गरी कम्तीमा प्रत्येक साता दुई/तीनवटा नियमित उडान गर्नुपर्छ”, नाट्टाका कावा अध्यक्षद्वा’रा जारी विज्ञ’प्तिमा भनिएको छ ।

नाट्टाले मे २५ देखि नियमित उडानका लागि अनुमति प्रदान गर्न, नियमित उडानबाट आवतजावत गर्ने विदेशी तथा नेपाली नागरिकलाई को’रोना सङ्क्र’मणलाई दृ’ष्टिगत गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड लागू गराउन आग्र’हसमेत गरेको छ । रासस

२०७८ जेष्ठ ६, बिहीबार १९:०२ गते 1 Minute 558 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार