२०७९ जेष्ठ ४ बुधबार

अ’चेत अबस्थामा अस्पताइल पुराईएकी ८६ वर्षीया कमलकुमारीले जि’तिन को’रोना !

पोखरा : म्याग्दीको बेनी नगरपालिका ४ सिंगाका १ जना युवक क्याम्पस पढ्थे । क्याम्पस जाँदा नै को-भि’ड–१९ संक्र’मण भएका उनी आइसो’लेसनमा बस्नुपथ्र्यो । तर, उनी पसलमा सामान बेच्दै बसे ।

जो सामान किन्न गए उनीहरुलाई को-भि’ड–१९ पनि बाँड्दै गए । सामान किन्ने र तिनका परिवारमा को’रोना पस्यो । गाउँका ५१ घरमा अहिले को’रोना पोजे’टिभ देखिएको छ, हरेक परिवारको १ जनाको मात्रै पि’सिआर जाँचि’एको थियो ।

सोही गाउँकी ८६ वर्षीया कमलकुमारी भट्टचन नजिकको सोही पसलमा चिनी किन्न पुगिन् । उनलाई पनि को’रोनाले स’मातिहाल्यो । बेलुकादेखि नै उनलाई अ’प्ठ्यारो हुन थाल्यो अनि ज्वरो आयो, खान मन नलाग्ने । यही लक्षण देखियो परिवारका अन्य सदस्यलाई पनि तर सामा’न्यजस्तो लाग्यो ।

कमलकुमारीको स्वास्थ्य स’मस्या सुरुमा हावापानी परिवर्तको कारण हो भन्ने ठा’नियो ।उनी सि’किस्त भइन् । परिवारका सदस्यले हा’र गु’हार गरे । बेनीका प्रकाशले एम्बु’लेन्स ब’न्दोबस्ती गरेर स’घाए ।

उनीहरु उपचारका लागि पोखरा हानिए । नातिनी एलिजाले भनिन्, ‘एम्बुले’न्समा हामी पोखरा आयौं । फुपुलाई सं’क्रामक तथा स’रुवा रो’ग अस्प’ताल शिशु’वा र हजुरआमालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको इ’मर्जेन्सीमा राखियो ।’आइसो’लेसनमा राख्न त पि’सिआर रिपोर्ट पो’जेटिभ आउनुपर्ने रहेछ ।

‘हामीले निजी ल्या’बबाट पि’सिआर जाँच गरा’यौं, बिहानको रि’पोर्ट बेलुका आयो । सरकारीमा गरेको भए ३ दिन लाग्ने रहेछ, ३ हजार ति’रेपछि निजीबाट सोही दिन रिपो’र्ट आयो,’ उनले भनिन् ।

कमलकुमारीको रिपो’र्ट पोजे’टिभ आयो । उनलाई आ’इसोलेस’नमा सारियो । आइसोलेसनमा भर्ना भएकी उनमा प’खाला र दिसासँगै र’गत ब’ग्ने ’स’मस्या थपियो । भोलिपल्ट कमलकुमारी पनि सं’क्रामक तथा सरु’वा रो’ग अस्पताल शि’शुवाको आई’सीयुमा भर्ना भइन् ।

एलिजाले भनिन्, ‘गण्डकी अस्प’ताल र सं’क्रामक तथा स’रुवा रो’ग अस्पताल दुईतिर बि’रामी हुँदा अप्ठे’रो भइरहेको थियो । एकैतिर सा’रेपछि सहज भयो ।’ ‘हजुरआमालाई अस्पताल जाने बेलासम्म को’रोना के हो भन्ने नै थाहा थिएन, त्यसैले होला, उहाँमा आ’त्मवि’श्वास गु\मेको थिएन,’ नातिनी एलि’जाले भनिन् ।

बि’रामीको आत्म’विश्वास, डाक्टरको उप’चार तथा सल्लाह र नि’गरानीबाट को’रोना जि’त्न सकिने एलिजाको भनाइ छ । अस्पतालमा पु¥याउँदा अ’र्धचे’त र शरीरबाट र’ग’त ब’गिरहेको अवस्था थियो । सुरुमा त बेड उपलब्ध ग’राउन न’सकिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्प’तालको इ’मर्जेन्सीमा

राखेर उप’चार था’लिएको सं’क्रामक तथा स’रुवा रो’ग अस्पतालका निर्देशक डा. विकास गौचनले बताए ।
१६/१७ सम्म को’रोनासँग कमलकुमारीले पौं’ठेजोरी खेलिन् । उनलाई डाक्टरहरुले साथ दिए । औ’षधी इ’न्जेक्सनबाट दिने गरिन्थ्यो । अन्तत उनले को’रोनालाई प’रास्त गर्न सफल भइन् ।

‘सं’क्रामक अस्प’तालको से’वा राम्रो रहेछ । राम्रोसँग से’वा पाइयो, त्यसैमाथि सं’क्रामक रो’ग अस्पतालका डा. विकास गौचन ना’तेदार पनि हुनुहँुदो रहेछ, त्यहीं गएपछि थाहा भयो,’ एलिजाले भनिन् । डा. गौचन भेटेपछि बि’रामी कमलकुमारी र कु’रुवा एलिजाको आ’त्मविश्वास झ’न् बढेको थियो ।

उनले अस्प’तालमा र’हँदाको कुरा स्म’रण गर्दै भनिन्, ‘सोही अवधिमा भर्ना भएका को’रोना बि’रामी सलमान खान दाइ बित्नुभयो । मनमा एक’खालको सोच घरिघरि आ’इरहन्थ्यो तर मन द’रो पारेर बस्थें । मा’नसिक रुपमा क’मजोरजस्तो पनि भइरहेको थियो, अनि फेरि सोच्थें म कम’जोर बने कसले हेर्छ बि’रामी ?’

‘खाना खानु भएको छ, शा’रीरिक क’मजोरीभन्दाबाहेक केही स’मस्या छैन, सबै नि’को भयो,’ बि’रामी कु’रुवा भट्टचनले भनिन् । अब पनि केही समय होम आ’इसोले’सनमै रहन र पौ’ष्टिक र लोकल खाना खुवाउन डा’क्टरहरुले सुझाएका छन् । उनीहरु को’रोनामुक्त भएर गाउँ फर्किसकेका छन् ।

२०७८ जेष्ठ ६, बिहीबार २०:४० गते 1 Minute 1028 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।