२०७९ जेष्ठ १२ बिहीबार

सरकारले एमसीसी अन्तर्गत निर्माण हुने प्रसारणलाइनको ईआईए प्रतिवेदन स्वीकृत गर्यो ।

काठमाडौं : सरकारले अमेरिकी सहयोगको मिलेनियम च्या’लेन्ज कर्पोरे’सन (एमसीसी) अन्तर्गत निर्माण गर्न लागेको प्रसारणलाइन आयोजनाको वातावरणीय प्रभा’व मूल्यांकन (ईआईए) प्रतिवेदन स्वीकृत गरेको छ ।

सत्तारुढ दलभित्रको आन्तरिक खिचा’तानीबाट संसद्बाट एमसीसी पारित नभएर त्यसको निर्माण कार्य सुरु हुन नसके पनि पूर्वत’यारीको रूपमा लिइएको ईआईए प्रतिवेदन वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको हो ।

अर्थ मन्त्रालयको मातहतमा रहेको मिले’नियम च्या’लेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)द्वारा एमसीसी हुने अनुदान र सरकारको लगानीबाट कार्या’न्वयन गरिने विद्युत् प्रसारण आयोजनाको ईआईए प्रकृया २ वर्षअघि जुन २०१८ मा सुरु गरेको थियो भने स्वी’कृतिका लागि मार्च २०२० मा

विद्युत् विकास विभागमा निवेदन दिएको थियो । प्रसारणलाइन र सबस्टे’सनहरूको निर्माणका लागि हाल भइरहेको पूर्वतयारी कार्यको एक प्रमुख अंश रहेको र एमसीसी नेपाल कम्प्याक्ट

कार्यान्व’यनमा प्रवेश गर्नुपूर्व पूरा गर्नुपर्ने कार्य’स्थलमा पहुँचसम्बन्धी पूर्व’शर्त हासिल गर्ने सन्द’र्भमा यो उपलब्धि एउटा महत्व’पूर्ण कोसेढुंगा भएको एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए ।

“ईआईए एक महत्व’पूर्ण कोसे’ढुंगा हो, अर्को महत्वपूर्ण कोसेढुंगा यस सम्झौ’ताको संसदीय अनुमोदन हुनेछ ।” नेपालको प्रचलित कानुुनअनुसार वि’स्तृत रूपमा तयार गरिएको ईआईए प्रतिवेदन नेपालको वातावरण संरक्षण ऐन, २०७६ र

वातावरण संरक्षण नियमावली, २०७७ को अधीनमा रही स्वी’कृत गरिएको एमसीए नेपालले जनाएको छ ।
यस क्रममा तथ्यांक संकलन तथा विश्ले’षणका लागि सघन कार्यविधि अपनाइनुका साथै आयोजना कार्या’न्वयन गरिने

१० वटा जिल्लाका ३० वटै गाउँपालिका तथा नगरपालिकामा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको पनि एमसीए नेपालले जनाएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

२०७८ जेष्ठ ७, शुक्रबार १३:०० गते 1 Minute 450 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।