२०७९ मंसिर १३ मंगलवार

ओलीद्वारा दाेस्राे पटक संसद् विघटन, कार्तिक २६ र मंसिर ३ मा चुनाव हुने ।

काठमाडौ : शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री

केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दा’बी पूर्ण नभएको भन्दै खा’रेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा वि’घटन गरी निर्वाचनकाे घोष’णा गर्ने निर्णय गरेको हो ।

सरकारले अब प्रतिनिधिसभाको नि’र्वाचनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ । प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राे अवसर हाे । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा वि’घटन गर्दै वैशाखमा निर्वाचन गर्ने

घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो । संविधानको धारा ७६ को उपधारा (५) बमो’जिम प्रतिनिधिसभामा विश्वासको

मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उप’धारा (५) बमोजिमका दाबीक’र्ताको दा’बी नपुग्ने देखिएको भन्दै राष्ट्रपति भण्डारीले दुबै दा’बीकर्ताको दाबी खारेज गरेकी थिइन् ।-रातोपाटी

२०७८ जेष्ठ ८, शनिबार ०७:१९ गते 1 Minute 391 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।