२०७९ श्रावण २४ मंगलवार

५० प्रतिशत भारतीयले अझै लगाउदैनन् मास्क !

काठमाडौं:भारतमा अहिले पनि झण्डै ५० प्रतिशत मानिसले मास्क नल’गाउने गरेको एक अध्ययनले देखाएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार अझै पनि ५० प्रतिशत मानिसले मास्क नल’गाउने गरेको देखाएको छ ।राजधानी नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव लव अग्रवालले भने,

“हालैको एक अध्ययनबाट झण्डै ५० प्रतिशत मानिसले मास्क नलगाउने गरेको पाइएको छ ।”उनले मास्क लगाउने गरेकाहरूमध्ये पनि झण्डै ६४ प्रतिशतले पर्याप्तरूपमा नाक नछोप्ने गरेको पाइएको समेत जानकारी दिए।

देशका नौ राज्यमा अहिले पनि ५० हजारदेखि एक लाखबीचमा सक्रिय सङ्क्रमितहरु रहेको पनि उनको भनाई छ ।

२०७८ जेष्ठ ८, शनिबार १२:१८ गते 1 Minute 565 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।