२०७८ माघ १० सोमबार

५० डिग्री तापक्रममा काम गर्न विदेश जाने नेपाली प्रति महँगो भाडा तोकेर न्याय गरिएको हो ?

काठमाडौँ:सरकारले नेपाली पनि चार्टर फ्लाइटबाट विदेश जान पाउने निर्णय गरेपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङले ५० डिग्री ताप’क्रममा काम गर्न विदेश जाने नेपालीप्रति धेरै भाडा तो’केर सरकारले अन्या’य गरेको भन्दै ग:म्भीर प्र’श्न गरेका छन् ।

सरकारले नेपालीलाई रोकेर भारतीयलाई विदेश जान दिएको भन्दै व्या’पक वि’रोध पछि आजदेखि नेपाली पनि चार्टर उडानबाट जान पाउने व्यवस्था गरेको छ । तर, चार्टर उडानको भाडा भने निकै महँ’गो भएको भन्दै तामाङले
सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै प्रश्न गरेका हुन्

यस्तो छ तामाङको स्ट्याटस :

संस्कृति,पर्यटन तथा नागरिक मन्त्री भानुभक्त ढकालले नेपाली पनि चार्टर फ्लाइटबाट विदेश जान पाउने निर्दे’शन सबैलाई दिनु भएकोप्रति मेरो केही जिज्ञा’सा र प्रश्नहरु निम्न अनुसार छन्:-

१. नेपालको बिमानस्थल नेपालीको पहिलो अधि’कार हुदैन र ? कि नेपाली पनि ? कोभिड १९ को कारण भारतका सबै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर सिधै साउदी अरेबिया आउन अस्थायी प्रति’बन्ध लगाएको छ,सोही देशको नागरिक त्रिभुवन विमानस्थल प्रयोग गरेर जाने ब्यवस्था गर्दा नेपाललाइ पनि प्रति’बन्ध लगाएमा अवस्था कस्तो हुन्छ ?

२. सरकारले दिएको चार्टर फ्लाइटका लागि अनु’मति दिए पछि चार्टर उडानको लागि नेपाल एयरलाइन्सले तोकेको एक तर्फी भाडा दर :

-काठमाडौं – रियाद रु ८९,५००

-काठमाडौं – जेद्धा रु ९८,५००

–काठमाडौ – दमाम रु ८४,५००

नेपाल सरकारकै स्वा’मित्वमा रहेको नेपाल एयरलाइन्सको एकतर्फी भाडा यति महं’गो छ भने प्राइभेट तथा विदेशी एयरलाइन्सको भाडा कति होला? विदेश जाने ब्यक्तिले काठमाडौं बस्दाको ख’र्च,

वैदेशिक रोजगार ब्यबसायीलाई तिरेको सेवा शु’ल्क लगायत जोड्दा ती बेरोजगार युवा प्रति सरकारको तर्फबाट चार्टर फ्लाईट नेपाली पनि जान पाउने ब्यबस्थाले न्याय गरेको मानिन्छ ? ५० डिग्री तापक्रममा काम गर्न यति धेरै भाडा तिरेर बिदेश जान गरेको ब्यबस्थाले बेरोजगारी नेपाली प्रति न्या’य गरिएको हो?

३. यहाँबाट सक्क’ली कोभिड १९ परीक्षण गरेर गएकालाई रोजगारदाता देशहरुले आउन स्वागत गरेको छ, तर को’भिड १९ संक्र’मण दर कम भएको देश जहाँ को’भिड १९ परीक्षण रिपो’र्ट ग’लत बन्दैन त्यस्ता देशहरुमा भएका नेपालीहरुले नेपाल फर्कनु पर्छ भन्ने सोच्नु भएन? के उनीहरु नेपाल आउन पाउंदैन?

भारत सरकारले आफ्नो जनता प्रति जिम्मेवार भएर काठमाडौंबाट साउदी पठाए ,रोजगार कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ। विदेशी मुद्रा कमाएर देश बचाउने नेपालीहरुलाई कसरी बिर्सनुभयो ? तपाईंलाई विदेशमा रहेका नेपालीहरुले हामी नेपाल आउने ब्यबस्था गरिदिनु पर्यो भनेर फोन गरेनन् ?

४. वैदेशिक रोजगारबाट फर्केका वा विदेशबाट आएकाहरुलाई क्वा’रेन्टाइन बस्दा सरकारले तोकेको मापद’ण्डअनुसार को,भिड १९ परीक्षण सफल नहुन्जेल होटलको कोठाबाट निस्कन नमिल्ने र यसको मनिटरिङ गर्ने सफ्टवेयर वा मोबाइल एप्स लागू स्वास्थ मन्त्रालय र गृह मन्त्रालय द्वारा गर्न सकिन्न ?

१५ दिनको होटलको बुकिङ गरेर पैसा लिने तर होटलबाट काठमाडौं आएको भोलिपल्ट नै घर जान दिने होटलहरुलाई कारबाही गर्न सकिन्न ? अनिवार्य क्वा,रेन्टाइन र को,भिड १९ परीक्षण रिपोर्टको बारेमा परीक्ष,ण गर्ने सं,यन्त्र बनाएर नेपालमा निय,मित उडान खोल्न जरुरी छ।

माथि उल्लेखित प्रश्नको बारेमा तपाईंले राम्रोसँग सोच्नु भएमा र भारत सहित अन्य देशमा भएका लगभग ७० लाख नेपालीहरु प्रति पनि सोच्नु भएको भए यो कान्तिपुरमा प्रकाशित समाचारमा जस्तो अ,धुरो ,अ,पुरो निर्णय गर्नु हुन्न थियो होला।

सरकारले नेपाल मै रोजगार सृ,जना गरि दिएको भए विदेश जानेहरु मायालु श्रीमती तथा श्रीमान,छोराछोरी, बाबुआमा छोडेर जांदैन थिए। त्यसकारण अब निर्ण,य गर्दा तिनीहरुलाइ नबिर्स,नुहोस, बरु क्वारेन्टा,इन तथा को,भिड परीक्षणको रिपो,र्ट बिना ल्याउने एयरलाइन्स तथा सम्बन्धित कर्मचारीलाई कार,बाही गर्ने संयन्त्र,को विकाश गर्नु भए राम्रो हुन्छ।

२०७८ जेष्ठ ८, शनिबार १२:५० गते 1 Minute 958 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार