
काठमाडौं : करार अवधि सकिएका कामदार र नेपाल पठाउनुपर्ने श’वको संख्या बढेपछि सरकारी स्तरबाटै अन्तर्राष्ट्रिय उडान शुरु गर्न दबा’ब बढेको छ ।
खाडीका मुलुकबाट तत्काल अन्तर्राष्ट्रिय उडान शुरु गर्न माग भइरहेका बेला मलेसियाका लागि नेपाली राज’दूत उदयराज पाण्डेले करार अवधि समाप्त भएका कामदारलाई पठाउन अन्तर्राष्ट्रिय उडान शुरु गर्नु अनिवार्य भएको बताए ।
सोमबार एक वेभिनार कार्यक्रमलाई सम्बो’धन गर्दै राजदूत पाण्डेले मलेसियामा हप्तामा कम्तीमा ५ सय नेपाली कामदारको करार अवधि सकिने भन्दै उनीहरुलाई घर पठाउन सकेसम्म नियमित उडान शुरु गर्नुपर्ने या त्यसो गर्न नसके कम्तीमा हप्तामा एउटा भएपनि वाइडबडी जहाज मलेसियामा पठाउनुपर्ने माग गरे ।
उडान रोकिँदा मलेसियामा २६ वटा शव रोकिएको, जेल सजाय भुक्तान गरेर स्वदेश फिर्ता हुन डिपोर्टटेसन सेन्टरमा ३६ जना रहेको र नेपाल पठाउने झन्डै ३० टन स्वास्थ्य सामग्री रहेको बताए ।
मलेसियामा हालसम्म ५ हजार हाराहारीमा नेपाली कामदार संक्र’मित भइसकेको र कोरोनाको संक्र’मण दर बढिरहेकोले सं’क्रमित बढ्न सक्ने भन्दै हालसम्म १३ जनाको मृ’त्यु भएको जानकारी दिए ।
अन्तर्राष्ट्रिय उडान रोकिँदा करार अवधि सकिएका, कैद भुक्तान गरेका, आममाफी पाएका, गर्भवती र सुत्केरी अवस्थामा रहेका कामदारहरु स्वदेश फर्किने बाध्यतामा रहेका र घरेलु श्रमिक, गर्भवती, रोजगारी र आम्दानी गुमाएका, सूचनामा पहुँच नभएका श्रमिकहरू थप जोखिममा रहने राष्ट्रिय मानव अधिकार आयोगको भनाइ छ ।
त्यसैगरी भिजिट भिसा वा पर्यटक भिसा प्रयोग गरी विदेशमा रोजगारी गर्ने उद्देश्यले गएका वा लगिएका अधिकांश नेपालीहरूलाई सम्बन्धित गन्तव्य देशको कानूनले ‘अनियमित’ मानी सजा’यको व्यवस्था गरेको हुनाले उनीहरू त्रा’सको
अवस्थामा रहने भन्दै आयोगले कतिपयले काम र आम्दानी गुमाउनुपर्दा खाना तथा आवासको समेत समस्यामा पर्ने र पर्यटक तथा पारिवारिक भिसामा गएकाहरूमा लामो समयसम्म गन्तव्य देशमा रोकिनुपर्दा आर्थिक भार वहन गर्न नसक्ने गत वर्ष नै औंल्याएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।