
काठमाडौं : सामाजिक सञ्जालमा अक्सिजन बढाउने भ्रमात्मक विधिका बारेमा सचेत रहनुहोला । फेसबुक, ट्विटर, भाइबर, ह्वा’ट्सएप, टिकटकजस्ता सामाजिक सञ्जालमा अ’क्सिजन
बढाउने विधिका बारेमा वैज्ञानिक प्रमाणबेगरका अनगन्ती पोस्ट भेटिने गरेका छन् । यस्ता विधि प्रयोग नगर्न विज्ञहरूले सचेत गराईएको छ । शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका डा शेरबहादुर पुनले उपचारको आवश्यकता परेकाहरू हताश
मनस्थितिमा औषधि वा उपचारका विभिन्न उपाय अपनाउँदै आएको बताउन्छन् । उनले कतिपय अनलाइन, इन्टरनेटमा भएका गलत र भ्रा’मक सूचनामा भर परेर अक्सि’जन बढाउने भ्रामक विधि अपनाइरहेको बताए । कीर्तिपुरस्थित आयुर्वेद अनु’सन्धान तथा तालिम केन्द्रका अनु’सन्धान
अधिकृत डा अमितमान जोशीले त्यसले कोरोना सङ्क्रमितलाई सहयोग पु(याउने कुनै वैज्ञानिक प्रमाण नभएको बताए। उनले घरमा बसेका सङ्क्र’मितले वैज्ञानिक रूपमै पु’ष्टि
भइसकेका श्वा’सप्रश्वास विधि मात्रै गर्नुपर्ने बताउँदै कपुरको तेल छालाको क्रिम तथा मलममा प्रयोग हुने भएकाले यसको सेवन हानि’कारक हुनुका साथै बढी प्रयोग गरे जटिल समस्या आउन सक्ने पनि बताए । उनका अनुसार अमेरिकाको सेन्टर फर डिजिज क’न्ट्रोल (सीडीसी)ले कपुर गन्ध फो’क्सोमा पुग्दा हानि गर्नसक्ने चेतावनी दिएको छ ।
डा जोशीले नाकमा दुई थोपा कागतीको रस हाल्दा अक्सिजन स्याचुरेसन स्तर बढ्ने दाबी झुठो भएको दाबी गरे। कोभिडका कारण शरीरमा अक्सिजनको मात्रा घटेको छ भने मेडिकल अक्सिजन नै प्रयोग गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाव दिएको छ ।
डा जोशीले पानीको मात्रा पुगे फो’क्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको बताउँदै पानीको मात्रा पुगे फो’क्सोलाई अक्सिजन लिन सजिलो हुने वैज्ञानिक आधार रहेको पनि बताए ।
उनले झोलिलो खानेकुराहरू धेरै खानुका साथै टुसा उम्रिएको चना उमारेर झो’ल बनाउने, ज्वानोको झोल, कुरिलोको झो’ल, मासुको झो’ल बनाएर खाँदा सङ्क्र’मितलाई राम्रो हुने बताएका छन्। -दैनिकबाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।