२०७९ असार १४ मंगलवार

रेलका लागि साढे ९ अर्ब र पानीजहाजका लागि साढे ८ करोड बजेट प्रस्ताव ।

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षको बजेटमा प्राय पुरानै कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

मन्त्रालयले पुरानै आयोजनालाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्ष २०७८\७९ का लागि डेढ खर्ब रुपैयाँको बजेट प्रस्ताव गरिसकेको छ । यसमा नयाँ कार्यक्रम खासै नरहेको मन्त्रालयले जनाएको छ ।

प्रस्तावित बजेटमा रेलका लागि साढे ९ अर्ब र पानीजहाजका लागि साढे ८ करोड रहेको छ । जेठ १५ गते अध्यादेशमार्फत बजेट ल्याउने तयारी भइरहेको समयमा राष्ट्रिय योजना आयोगले दिएको सीमा (सिलिङ) अनुसार नै प्रस्ताव पठाइसकिएको मन्त्रालयका प्रवक्ता दीपकुमार भट्टराईले बताए ।

आयोगले दिएको सीमा १ खर्ब ४७ अर्ब ६४ करोड ४ लाख रुपैयाँ छ । ‘जुन सिलिङ दिइएको थियो, त्यसअन्तर्गत रहेर हामीले कार्यक्रम प्रस्ताव गरी पठाएका छौं,’ उनले भने, ‘स्वीकृत हुने तयारीमा छ, अर्थ मन्त्रालयलले यसलाई फाइनल गर्दै छ ।’

यसमध्ये ७६ प्रतिशत कुल बजेटमा इयर मार्किङ (सुनिश्चित गरिएको बजेट) गरेको पठाइएको थियो । ‘यो भनेको तोकिएका आयोजनामा घटाउन र बढाउन नपाइने बजेट हो,’ उनले भने, ‘जसमा १८ वटा कार्यक्रममा कुल बजेटको ७६ प्रतिशत निश्चित गरेर पठाइएको थियो ।’ यसमा राष्ट्रिय गौरवका आयोजना, सडक, रेलवेलगायत रहेको उनको भनाइ छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

२०७८ जेष्ठ १३, बिहीबार ०३:०२ गते 0 Minutes 480 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।