२०७९ असार १४ मंगलवार

पद जाने बित्तिकै गाडि फिर्ता गर्ने शान्ता चौधरी पहिलो सांसद !

काठमाडौ : सांसद पद जानेवित्तिकै आफूले प्राप्त गरेको सुविधाको गाडि फिर्ता गर्नेमा नेकपा एमालेकी संसदीय दलकी सचेतक शान्ता चौधरी पहिलो सांसद भएकी छिन्

चौध्रीले सांसदको जिम्मेवारीबाट मुक्त भएको भन्दै त्यसवापत प्राप्त सुविधा फिर्ता गरेकी हुन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका सचेतकले संसद सचिवालयबाट सुविधावापत गाडी पाउने व्यवस्था छ ।

‘राज्यको साधन राज्यका लागि नियम अनुसार प्रयोग गरियो, जिम्मे’वारी मु’क्त भएपछि आजबाट राज्यलाई नै फिर्ता गरियो,’ चौधरीले समाजिक संजाल फेसबुकमा लेखेकी छिन् ।
चौधरीले तत्कालीन नेपाल कम्यु’निष्ट पार्टी नेकपा र एमालेको संसदीय दलको सचेतकको रूपमा ३ वर्ष भूमिका

निर्वाह गर्ने अवसर प्राप्त गरेको त्यसबाट धेरै सिक्ने अवसर पाएको बताएकी छिन् । ‘जिम्मे’वारीले जि’म्मेवार बनाउँदो रहेछ,’ उनले लेखकी छिन्, धेरै कुरा सिकाउँदो रहेछ,

सिक्दै दायि’त्व नि’र्वाह गरेँ। धेरै साथीहरुको सल्लाह, सुझाव र बौद्धिक सहयोग पाउन सकेँ । पार्टी नेतृत्व र सिंगो पार्टी पंक्तिको साथ पाएँ । म सबैप्रति नतमस्तक भएर श्र’द्धा व्यक्त गर्न चाहन्छु ।’ चौधरीले प्रति’निधिसभामा दाङबाट प्रतिनिधित्व गरेकी थिइन् ।

२०७८ जेष्ठ १३, बिहीबार १७:५१ गते 1 Minute 1128 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।