
काठमाडौ : बेलायतले को`रोना भाइ,रस वि`रूद्ध ल,ड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको जहाज शुक्रबार
बिहान त्रिभुवन विमानस्थलमा अ,वतर,ण गरेको छ।
जहाज आइपुगे लगत्तै नेपालका लागि बेलायती राजदूत निकोला पोलिट उक्त सहयोग सामग्री स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्। प्रष्टसँग नेपाली बोल्न सक्ने राजदूत
पोलिटले सहयोग सामग्रीबारे विमानस्थलमै भिडिओ पनि बनाएकी छन्। स्वास्थ्य मन्त्री त्रिपाठीले को`रोना वि`रूद्धको नेपाल र नेपालीको ल,डा,इँमा सहयोग गरेकोमा बेलायत सरकारलाई धन्यवाद दिए।
राजदूत पोलिट बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्।
बेलायतले पठाएको सामानमा २ सय ६० थान भेन्टि’लेटर (१३० सिपाप र १३० बिपाप), १९ हजार २ सय आई प्रोटेक्टर छन्।
सोही जहाजले नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइदिएको छ।यसअघि बेलायती उपल्लो सदनमा नेपाललाई तत्काल को`रोना खोप सहयोग गर्नेबारे छलफल भएको थियो। सेतोपाटि बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।