२०७९ श्रावण २८ शनिबार

पोखराको सरकारी अस्पतालमा ज्ञानेन्द्र शाहीको छड्के ।(भिडियो सहित)

पोखरा : सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही यतिबेला को’भि’ड सं’क्र’मणबाट पि’डीत जनताहरूको राहत तथा उद्दारको काममा सक्रिय भएर खटिरहनुभएको छ।

उहाँले अक्सिजन सिलिन्डर सहयोग गर्नेदेखि लिएर राहत तथा उद्दारको काममा निकै नै सक्रियताका साथ लागिरहनुभएको छ। भर्खरै मात्रै उहाँले गण्डकी प्रदेश अन्तरगत रहेका को’भि’ड अस्पतालमा छड्के जाँच गर्दै त्यहाँ भएको बि’रा’मीको

अवस्था र अस्पतालले प्रदान गर्दै आइरहेको सुविधाबारे अपडेट लिनु भएको छ। छड्के चेक जाँचका क्रममा उहाँले अस्पतालले बनाएको सिस्टमबारे पनि जानकारी लिनुभयो।अस्पतालमा प्रदेशभरी रहेका सम्पूर्ण नीजी तथा सरकारी अस्पतालसँग सम्पर्क तथा समन्वय हुने गरि हेल्लो डाक्टर कार्यक्रम

संचालनमा ल्याएको र अस्पतालमा रहेका बेडसंख्या र अन्य आवश्यक सुविधाबारे पनि जानकारी लिन सक्ने सफ्टवेयर सुविधा लिने गरेको पनि अस्पतालबाट डाक्टरले जानकारी दिनुभयो।

त्यति मात्रै नभएर उहाँले बिरामीलाई एम्बुलेन्स सुविधा प्रदान गर्नको लागि प्रदेशभरी रहेका सबै अस्पताल का एम्बुलेन्स नम्बरहरू समेत उपलब्ध गराइएको त्यहाँ स्थित कार्यरत एकजना स्वास्थ्यकर्मीले जानकारी गराउनुभयो।

त्यसैगरी उनले जनतालाई सताउनेहरूप्रती अब सम्माननीय भन्ने शब्द नै उच्चारण गर्न छोडिदिनुहोस् पनि भनेका थिए।किनकि सरकार भनेको त दुखसुखमा सहयोग गर्ने अभिभावक हो,र अभिभावकको काम दुख परेको बेला,गाह्रो परेको बेलाको भरोसा हो।

तर यतिबेला सरकार लाचार भएर बसेको छ र सरकार मात्र नभइ मैहुँ भन्ने नेताहरू समेत लाचार भएर बसेको आ’रोप लगाउनुभएको थियो। हिजो झण्डा ज’लाएर,टायर बा’लेर,सडक त’ताएर गाडी र बिल्डिङ तोडफोड गर्नेहरू,जनतालाई जातीयता नारा लगाउन लगाएर मान्छेलाई थुक्नेहरू आज कहाँ लुकेर बसेका छन् ?

नेपालमा सिर्फ एउटा जात छ त्यो हो नेपाली र विविधता भित्रको एकता हुनुपर्ने भन्नेहरू कहाँ छन् यतिबेला भन्दै उहाँले आ’क्रो’श सहित प्रश्न गर्नुभएको छ। त्यसैगरी उहाँले स्वास्थ्यकर्मीहरूले अहिलेको विषम परिस्थितिमा ज्यानको जो’खि’म मोलेर काम गरिरहेको भन्दै उहाँहरूको

योगदानलाई उच्च मूल्यांकन गर्दै कामको प्रशंसा समेत गर्नुभएको छ।अस्पतालमा आउने बिरामी कुरुवाहरूको अवस्था र सं’क्र’मणबारे जानकारी समेत लिनुभएको छ कृपया यसै विषयमा तयार पारिएको भिडियो तल प्रश्तुत गरिएको छ हेरेर प्रतिक्रिया दिनुहोला।धन्यवाद!

भिडियो !

२०७८ जेष्ठ १४, शुक्रबार १७:५४ गते 0 Minutes 676 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।