२०७८ माघ १४ शुक्रबार

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताए इराकासँग ल’ज्जाष्पद हारको कारण !

काठमाडौ : नेपाली फुटबल टिमका प्रशिक्षक अब्दु’ल्लाह अलमुताइरीले पुन: खेलाडीमाथि दोष नलगाउन आग्रह गरेका छन्। शनिबार इराकविरु’द्धको अन्तर्राष्ट्रिय मै’त्रीपूर्ण खेलमा

नेपाल घरेलु टिमसँग ६-२ गोल अन्तरले पराजित भएपछि उनले यसको जिम्मेवारी आफैंले लिने भन्दै खेलाडीलाई केही नभन्न आग्रह गरेका हुन्। इराकलाई जि’त दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे।

यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दु’ल्जारा ओबेद, मोहमद अलि अलसम्मारी र सज्जाद जसिमले एक/एक गोल थपे। नेपालका मनिष डाँगीले एक गोल फ’र्काए भने इराकका अह’मेद इ’ब्राहिम खलाफले एक गाेल उप’हार दिएका थिए।

‘म सबै नेपालीसँग माफी माग्न चाहन्छु। हामीले राम्रो नतिजा निकाल्न सकेनौँ’, प्रशिक्षक अलमु’ताइरीले भने, ‘कुनै खेलाडीलाई केही नभनौँ।

यो हारको लागि उत्तरदा’यी व्यक्ति म मात्र हुँ।’ उनले पराजयको कारण अभ्यास भएको बताएका छन्। उनले प्रयाप्त अभ्यास गर्न नपाएको भन्दै दुखेसो पोखेका छन्। ‘मात्र ११ १२ दिनको अभ्यास पछिको खेल हो। हामीले प्रया’प्त समय पाएनौ ।

हामीलाई समय चहिन्छ र धैर्य’ता पनि उत्तिकै महत्वपूर्ण छ। केही समय पर्खौं,’ खेलपछि उनले भने। उनले पुन: नेपालले राम्रो खेल खेल्ने विश्वास दिलाए। ‘नेपाल टोलीले राम्रो खेल्नेछौँ। हामीले आज नेपालीलाई धेरै खुशी पार्न सकेनौँ होला। आज दुई गोल ग¥र्‍यौँ। लिड गर्नका लागि हामी धेरै नजिक थियौँ। तर, यो फुटबल हो,’ उनले भने।

फिफा वरी’यतामा नेपालभन्दा इराक १ सय ३औं स्थानमाथि छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८औं स्थानमा छ। नेपाल १ सय ७१औं स्थानमा छ। इराकविरुद्धको खेल कुवेती प्रो–ला’इसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीको पहिलो खेल थियाे।

यद्यपि, नेपालभको प्रदर्शन भने विगतभन्दा केही सुधारिएको देखियो। नेपालले पहिलो हाफमा प्रभावशाली प्रदर्शन गरेकाे थियाे। खेलकाे ३७औं मिनेटसम्म पनि डिफेन्स र गोलरक्षणमा समन्वय राम्राे भएकाे देखिएकाे थियाे।

सिटीलाई हराउँदै चेल्सीले जित्यो च्या’म्पियन्स लिग !

काऐ हाभार्टको निर्णायक गोल मद्दतमा म्यानचेष्टर सिटाई पराजित गर्दै चेल्सीले दोस्रो पटक युरोपयन च्याम्पियन्स लिगको उपाधि जितेको छ । गएराति पोर्चुगलको पोर्टोमा भएको अल इंग्लिस फाइनला म्यान’चेष्टर सिटीलाई १-० ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।

यसअघि सन २०१२ मा चेल्सीले पहिलो पटक चयाम्पियन्स लिग उपाधि जितेको थियो । चेल्सीले समग्रमा तेस्रो पटक फाइनल खेल्दा दोस्रो पटक उपाधि जितेको हो । पहिलो पटक फाइनल पुगेको सिटी भने उपविजेतामै सिमित बन्यो । स्टाडिओ डो ड्रा’गाओमा भएको खेलको ४३औ मिनेटमा काई हाभार्टले

मासोन माउन्टको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यही गोल चेल्सीलाई युरोकपको विजेता बनाउन पर्याप्त बनेको हो । दुई फरक क्लबबाट लगातार दोस्रो पटक फाइनल पुग्दा प्रशिक्षक थोमस टुचेलले पहिलो पटक च्याम्पियन्स लिग जितेका छन् । गत सिजन पेरिस सेन्ट जर्मेनको प्रशिक्षक हुँदा उनको ६िम फाइनलमा बायर्न म्युनि’खसंग पराजित भएको थियो । -ताजा खबर टिभी

२०७८ जेष्ठ १७, सोमबार १४:२८ गते 1 Minute 524 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार