
काठमाडौं‘प्रधानमन्त्री केपी शर्मा ओलीकाे राष्ट्रभक्ति र देश विकासकाे अभियानलाई माडीवासीले साथ दिनेछ’ नेकपा केन्द्रीय सदस्य तथा भूमि समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भन्नुभयाे । चितवनमा आयाेजित अगुवा कार्यकर्ता भेलामा बोल्दै उहाँले केपी ओलीकाे साथमा सम्पूर्ण माडीवासी रहेकाे बताउनुभयाे ।
सभामा प्रधानमन्त्रीले माडीलाई राम जन्मभूमिको रुपमा स्थापित गरी निर्माणको कामलाई अघि बढाएको कामकाे प्रशंसा उहाँले गर्नुभयाे ।‘प्रचण्डले चुनावको बेला गरेको हर्कत बिर्सन योग्य छैन’ भन्दै प्रचण्डले मतपत्र च्यातेर छोरीलाई चितवनमा मेयर जिताएको उहाँले बताउनुभयो । भन्नुभयाे- ‘ जनताको मत च्यातेर छोरी जिताएको कुरा चितवनका जनताले कहिल्यै बिर्सने छैन ।’
पदकै लागि प्रचण्ड र माधव नेपालले पार्टी फुटाएको ज्ञवालीले बताउनुभयाे । प्रधानमन्त्री ओलीले जनमुखी काम गरेर लोकप्रिय हुँदै गएपछि अताल्लिएका प्रचण्ड पार्टी भित्रको राजनीतिक सहमति तोडेर भागेको ज्ञवालीकाे भनाइ छ ।देश समृद्धि र विकासको क्रममा अगाडि बढेको बताउँदै विकासको कामले गति लिएको उहाँले बताउनुभयो ।
ज्ञवालीले भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन र सुकुम्बासीको समस्या समाधानका लागि तीव्रताका साथ काम गरिरहेको पनि उहाँले जानकारी दिनुभयाे । उहाँले चाँडै जग्गा वितरणकाे काम अघि बढ्ने जानकारी दिनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।