
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिनुभएको छ ।
मन्त्री ढकालले आज मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक
राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिनुभएको हो । अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।
यता : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लुम्बिनी प्रदेशमा हालै सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन आज पेश भएको छ ।
निर्वाचन आयोगले राष्ट्रियसभामा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम आज उक्त प्रतिवेदन पेश गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।