
काठमाडौं : निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ । यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको
प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल हो ।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको नयाँ बन्ने टर्मिनल भवन छ वटा
यानसेतु रहने गरी डिजाइन भएको छ ।डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ टर्मिनल भवनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि
दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अगाडि बढाइएको छ । सरकारले बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ ।
विमानस्थलका लागि पर्याप्त बजेट छुट्टिएकाले अब छिट्टै बोलपत्र आह्वान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।