२०७९ श्रावण २८ शनिबार

एसटीसीको ग्यास प्रति सिलिन्डर रु ११२० मात्रै, कुन कुन खाद्यान्न कति मूल्य ?

काठमाडौं : सरकारले साल्ट ट्रेडिड् र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ।

बजेट मार्फत घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट शुक्रबारबाट लागु हुने छ। को’भिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन्।

साल्ट ट्रेडिङ र खाद्य व्यावस्था कम्पनी लिमिटेडले आफुले बिक्री गर्ने सामाग्रीमा २० प्रतिशत छुट दिनेछन्। १४ सय रुपैयाँ प्रति सिलिन्टर पर्ने एसटीसी ग्यासमा २८० रुपैयाँ कम घटेर ११२० रुपैयाँमा पाइने छ।

सरकारले आर्थिक वर्ष २०७८/७९ को आय- व्ययको वजेट वक्तव्यको “राहत सहुलियत र आर्थिक पुनरुत्थान” कार्यक्रमको बुदा नं.५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड

र साल्ट ट्रेडिङ कर्पोरे’शन लिमिटेडवाट विक्री हुने बस्तुमा छुटको घो’षणा गरेको थियो। जसमा चामल, पिठो, दाल, नून, खानेतेल, चिनि, तथा खाना पकाउने ग्यास रहेका छन्।

२०७८ जेष्ठ २१, शुक्रबार १८:०७ गते 1 Minute 778 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।