
काठमाडौँ : ‘मैले रेडियो सुनेर थाहा पाएँ, सरकारले मलाई यो वर्षको ‘सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम’ प्रदान गर्ने घोषणा गरेको रहेछ, यसअघि थाहै थिएन ।
चि’कित्सा क्षेत्रमा काम गरेको तीन दशक भयो, मलाई राज्यले प्रोत्साहन गरेको जस्तो लाग्छ । म राजनीतिभन्दा माथि बसेको मान्छे । मैले बाहिर (विदेशमा) धेरै सम्मान पाइसकेँ। आफ्नो देशबाट सम्मान पाउँदा धेरै खुसी छु।
कुनै राजनीतिक सिफारिसविना देशको ठूलो सम्मान पाउँदा झन् खुसी छु ।’ ‘सुप्रसि’द्ध प्रवल जनसेवाश्री प्रथम’ बाट वि’भूषित हुने भएपछि खबरहबको एक जिज्ञासामा डा. रुइतले आफ्नो खुसी सुनाए । संविधान दिवसको अवसरमा वि’भूषित हुनहरूको सूचिमा शनिबार डा. रुइतको नाम प्रका’शित भएको थियो ।
मोतियाबि’न्दु भएर आँखाको ज्योति गुमाएका एक लाखभन्दा बढी मानिसहरूलाई दृ’ष्टि दिने डाक्टर भनेर विश्वले चिनेका डा.रुइतलाई सरकारले उक्त वि’भूषणबाट सम्मान गर्ने घो’षणा गरेको हो।
डाक्टर रुइत भारतको प्रतिष्ठित नागरिक सम्मान ‘पद्मश्री’बाट सम्मानित भइसकेका छन् । उनले धेरै अन्त’र्राष्ट्रिय पुरस्कारहरू पाएका छन् । उनी सन् २००६ मा रामोन म्यागासेसे पुरस्कारबाट समेत सम्मानित भइसकेका छन् ।
भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।