२०७८ माघ ९ आईतवार

‘यातायात खुलेको ६ महीनासम्म बैंकको किस्ता ति’र्न सक्दैनौं ।

काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले निषेधाज्ञा खुलेर यातायात सञ्चालन भएको ६ महीनासम्म बैंक किस्ता ति’र्न नसक्ने बताएको छ ।

शुक्रवार नेपाल राष्ट्र बैंकका गभ’र्नर महाप्रसाद अधिकारीसँगको टेलिफोन संवादमा महासंघका तर्पबाट सचिव सरोज सिटौलाले यातायात सञ्चालन भएको कम्तीमा ६ महीना किस्तामा छूट दिनुपर्ने माग राखे ।

आगामी साउनमा सार्वजनिक हुने राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत यातायात क्षेत्रलाई सहु’लियत दिन बैंकहरूलाई निर्देशन दिनुपर्ने उनले बताए । अघिल्लो वर्ष यातायात क्षेत्रलाई शुरूमा अति प्रभा’वित क्षेत्रमा राखिएकोमा कार्यविधि बन्दा पछाडि धकेलेका कारण आफूहरूले कुनै सुविधा नपाएको उनको भनाइ छ ।

‘निषेधाज्ञाले यातायात क्षेत्रको १० खर्ब लगानी जोखिममा परेको छ, जसमध्ये ८ खर्ब बैंक ऋ’ण हो,’ उनले भने, ‘यातायात दिनभरि काम गरेर साँझ ज्याला लिने क्षेत्र हो त्यसैले गाडी खुलेको कम्तीमा ६ महीना अवस्था सामान्य हुन लाग्छ ।’

अघिल्लो वर्ष ४ महीना बन्द भएको यातायात यस वर्ष निषेधाज्ञा भएपछि १ महीनादेखि बन्द छन् । यातायात बन्द भएपछि १० लाख जनाले प्रत्यक्ष रोजगारी गु’माएको महासंघका सचिव सिटौलाको भनाइ छ । उनले बन्दा’बन्दीपछि सडकमा, चउँरमा र ग्यारेजमा थन्किएका सवारीसाधनमा खिया लागेको र इन्जिन बिग्रि’न थालेको बताए । आर्थिक अभियान दैनिकबाट

२०७८ जेष्ठ २३, आईतवार २०:५३ गते 1 Minute 1045 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार