
कञ्चनपुर : कञ्चनपुर जिल्लाका विभिन्न क्षेत्रमा लामो समयदेखि सिमानाकाको वि’वाद छ । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा वर्षाैंदेखि
खेती गर्दै आइरहेका नारायणप्रसाद अधिकारीको परिवारलाइ भारतीय सीमा सुरक्षा बल एसएसबीले दुःख दिँदै आइरहेको छ । २०५४ सालको नापीको फिल्ड बुकमा कायम भएर २०६६ सालमा सेतो पु’र्जा पाइसकेका अधिकारी परिवारले खेती गर्ने
समयमा एसएसबी खेतमा नै आएर रोक्दै दुःख दिने गरेकाे छ । उनले सेतो पु’र्जाको राजस्व नेपाल सरकारलाई बुझाएको बिल समेत राखेका छन् । उक्त जमिनमा २०२२ सालदेखि आफूले खेती गर्दै आइरहेको र यो खेतीबाली लाउने समयमा भारतीय पक्षले आएर हरेक साल दुःख दिने गरेको अधिकारीले बताउनुभयाे ।
यसरी नेपाली सिमानाकामा दादा गीरी देखाउदै ध’म्क्याउँदै आइरहेका एसएसबीको दुःख र कष्ट भोग्दै आएका अधिकारी परिवार र स्थानीयले नेपाली सीमानाकामा दादा-गिरी देखाउनु
भन्दा चाइना र का’र्गेलमा गएर यस्तो दादा’गिरी देखाउनुस् भन्ने जवाफ दिएका थिए । तर एसएसबीले उल्टै नेपालीलाइ खेतबारीबाटै उठा’एर लग्ने ठा’डो ध’म्की दिएका छन् ।
भारतीय एक उच्च अधिकारीले आफ्ना सुरक्षाकर्मीलाइ धेरै बोल्नेको फोटो खिचेर राख्न आदेश दिएकाे छ ।
स्थानीय र अधिकारी परिवारले धेरै बोलेमा एफआइआर दर्ज गरी खेतबाट नै उठाएर लग्ने ध’म्कीसमेत एसएसबीले दिएका छन् । भारतीय पक्षले उक्त जमिन ‘नो मेन्स लेण्ड’मा पर्ने भन्दै खेतीपाती लगाउन रोक्दै आइरहेको छ ।-न्युज ट्वान्टी फो नेपाल
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।