
काठमाडौं : डीभी चिट्ठाबाट अमेरिका पुगेका नेपाली मूलका भरतराज ओलीको अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा म’स्तिष्क श्रा’वबाट ज्या’न गएको छ ।
गत जून ४ का दिन म’स्तिकघा’त भएपछि उनलाई ड्युक विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।
३४ वर्षीय ओलीलाई बचाउन श’ल्यक्रि’या गरेता पनि उप’चारकै क्रममा उनको आइतबार मृ’त्यु भएको हो ।
ओली सन् २०१० मा वि’विधता प्र’वेशाज्ञा चिट्ठा (ईडिभी भिसा) मार्फत अमेरिका पुगेका थिए । उनी दाङ्गका हुन् । नेपालमा उनका आमा, पत्नी, २ वर्षका छोरा र दुई दिदीबहिनी छन् ।
नेपाल सेन्टर अफ नर्थ क्या’रोलिनाका अनुसार ओली परिवारमा आयआर्जन गर्ने उनी एक मात्र सदस्य थिए ।उत्तर क्या’रोलाइनाको सामुदायिक संस्था नेपाल सेन्टर अफ नर्थ क्या’रोलिनाको पहलमा उनको अ’न्त्ये’ष्टि खर्च जुटाउन गो फण्ड सञ्चालनमा ल्या’इएको छ ।
संस्थाले मृ’तक ओलीको दा’ह सं’स्कार तथा नेपालमा रहेका परिवारका लागि सहयोग गर्न गोफन्ड मी आह्वान गरेको हो । गो फन्डको लक्ष्य २५ हजार डलर राखिएको छ भने खाता सञ्चालनमा आएको १७ घण्टामा १९ हजार डलर संकलन भइसकेको संस्थाले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।