२०७९ श्रावण २४ मंगलवार

“वैगुनीलाई गुन गर्नुपर्छ” ज्ञानेन्द्र शाही ! (भिडियो हेर्नु-होस् )

काठमाडौ : स्वास्थ्य सामाग्री वितरणका क्रममा वितरणका क्रममा यति बेला देशका विभिन्न दूर-दराजमा पुगीरहेका छन् ज्ञानेन्द्र शाही।

यसैक्रममा उनी अहिले प्रदेश नं.४ को चितवन जिल्ला पुगेका छन्। आफू यस भन्दा अघि चितवन जिलामै आ’क्र’मण भएको सम्झना गर्दै उनी भन्छन्,म आ’क्र’मण भएको जिल्ला यहि हो,खै के गर्न सकिन्छ र,वैगुनीलाई गुनले मा’र्नु’पर्छ नि।

काठमाडौ भन्दा बाहिर दूर-दराजमा जहाँ अक्सिजन नपुगेर अकालमै जीवन गुमाउनुपर्ने अवस्था हुन्छ त्यस ठाउँमा अक्सिजन प्लान्ट नै लगेर राखिदिने र अक्सिजन उत्पादन गर्ने उद्धेश्य अनुरुप यस कामको सुरुवात गरेको अभियन्ता ज्ञानेन्द्र शाही अहिले देशव्यापी रुपमा पहिलो कार्यक्रम यहि

लिएर जाँदै हुनुहुन्छ। र यस पश्चात् प्रदेश नम्बर एक र प्रदेश नम्बर २ मा यो सेवा विस्तार गरिनेछ र हामी आउनेछौँ जसका लागि यहाँहरू सबैले सम्पर्क राख्न सक्नुहुनेछ भनेर पनि उहाँले बताउनुभएको छ।

उहाँले हामी म’रेका छैनौं र हामी न’म’रेसम्म दूर-दराजमा र गल्ली गल्लीमा पुगेर तपाईंका लागि तयार रहनेछौँ भन्दै आश्वासन समेत दिनुभएको छ।दुई वर्षसम्म मेसिनको वारेन्टी रहेको र चार देखि पाँच वर्ष मेसिनले काम गर्ने र उक्त मेसिनबाट बाफ लिन पनि मिल्ने उहाँले भन्नुभएको छ।

यतिखेरको अवस्थामा म’हा’मा’री फैलिएको छ र यो बेला यो देश,यो राष्ट्र,विभिन्न संघसंस्था र अभियानहरूले राष्ट्रका नागरिकहरूको जीवन बचाइरहेका छन्।तर दुखलाग्दो कुरा चाहिँ जति सरकारले गर्नुपर्ने हो त्यति नगरेको अवस्थामा आज यो देशका नागरिकहरू दूर-दराजमा छन्।

सबै नागरिकहरू काठमाडौ मा मात्रै छैनन्,दूर-दराजमा पनि अक्सिजन नपाएर,अत्यावश्यक स्वास्थ्य सामाग्री नपाएर सैयौँ दाजुभाइ तथा दिदीबहिनीहरू प्रत्येक दिन हामीले गु’माइरहेको अवस्था छ।

यस अवस्थामा हामीले कसरी नागरिकहरूको जीवन रक्षा गर्ने,यतिखेरको समय भनेको एक-अर्कालाई विवाद गर्ने, आरोपप्रत्यारोप गर्ने समय होइन,यतिखेरको समय भनेको सबै नागरिक मिलेर एक अर्काको जीवन रक्षा गर्ने समय हो।त्यसकारण अहिलेको समयमा बोधीसत बिहारले देशका

विभिन्न ठाउँमा खाद्यान्न तथा स्वास्थ्य सामाग्रीहरू सहयोग तथा वितरण गरिरहेको छ। यहि सिलसिलामा हामी भन्ने गर्छौं कि यो भगवान गौतम बुद्ध जन्मेको देश हो र उहाँले जहिले पनि ह’त्या’हिं’सा गर्नु हुन्न भन्ने सन्देश दिनुभएको थियो। त्यही कारण आज पनि हामी सबैजना गौतम बुद्ध जन्मेको देशका नागरिकका रुपमा छाती चौडा भएको महसुस गर्ने गर्छौं।

त्यसैगरी गौतम बुद्धका चेला व्हेङ गङ्सीले यो देशका धेरै भन्दा नागरिक हरूको जीवन जसरी रक्षा गर्नुहुन्थ्यो,त्यसैगरि उहाँले पनि जीवनरक्षाको निमित्त काम गर्नुभएको छ भन्दै ज्ञानेन्द्र शाहीले उहाँको मुक्त कण्ठले प्रशंसा समेत गर्नुभयो।कृपया यस विषयमा तयार पारिएको भिडियो सामाग्री तल दिइएको छ हेरेर प्रतिक्रिया दिनुहोला धन्यवाद!-सुदुर मिडिया

भिडियो !

२०७८ जेष्ठ २६, बुधबार १०:३२ गते 1 Minute 832 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।