
स्वास्थ्य : कुकुरडाइनो नेपालमा जंगली अवस्थामा पाइने औषधीय गुण भएको वनस्पति हो । सुगरका बिरामीले यस्को मुन्टा खादा फाइदा हुने देखिन्छ।
बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पति लहरायुक्त हुने गर्दछ । कुर डाइनो एउटा लहरो प्रजातिको बनस्पति हो यो गर्मि क्षेत्रमा बिशेष तराईमा, पहाडी तल्लो भेगमा पाइन्छ यसको लहरोमा
काँडा हुन्छ्न बाक्लो यसो हेर्दा पानका जस्ता पात हुन्छन् यो बाख्रा को घाँस पनि हो ।हिन्दु सस्कारमा यो साउने संक्रान्तिमा लुतो फाल्दा नभै हुदैन ।लुतो फाल्दा कुकुर डाइनो
,भलायो,मकै बोट ,सिरु ,बेसार ,काग भलायो ,कुरिलो आदि चाहिन्छ । कुकुर डाइनो एक औषधिय गुण भएको लहरा मानिन्छ । कुकुरडाइनो अल्लि मल भएको ठाउँमा छ भने यस्को मुन्टा ठुला ठुला हुन्छन ।
यस्का मुन्टा टिपेर तरकारी वा अचार बनाएर खान सकिन्छ । स्वास्थका हिसाबले अतिनै लाभदायक हुन्छ । आजकाल जङ्गलबाट टिपेर ल्याएर शहरमा बेचबिखन गरेको पाइन्छ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।