२०७८ माघ ६ बिहीबार

मलेसिया बाट घर फर्कनेहरुका लागि आयो यस्तो सूचना ।

काठमाण्डौ : मलेसियाबाट स्वदेश फर्कन चेक आउट मेमो लिइसकेका तर उडान बन्द हुँदा रोकिएकाहरू उडान खुलेपछि सजिलै स्वदेश फर्कन सक्ने भएका छन् ।

मलेसियामा रहेको नेपाली दूतावासले फेसबुक लाइभमार्फत चेक आउट मेमो लिइसकेर पनि उडान बन्द हुँदा स्वदेश फर्कन नपाएकाहरू उडान खुलेपछि सजिलै जान सक्ने बताएको छ ।

को’रोना सङ्क्र’मण रोकथामका लागि सरकारले उडान बन्द गर्दा घर फर्कन चेक आउट मेमो लिएर पनि फर्कन नपाएको अवस्था छ । चेक आउट मेमोको मिति सकिए पनि उडान बन्द भएको कारण रोकिएकाहरू उडान खुलेपछि पुरानै चेक

आउट मेमोमार्फत नै स्वदेश फर्कन सकिने दूतावासले जनाएको छ । यस्तै दूतावासका अनुसार, भिसा सकिएका श्रमिकले कम्पनीसँग अनुरोध गरेर स्पेसल पास पनि बनाउन सक्नेछन् ।

भिसा सकिएको छ तर घर फर्किने चेक आउट मेमो लिएको छैन भने पनि कम्पनीसँग अनुरोध गरी पास लिन सकिन्छ । मलेसियामा पछिल्लो समय कोरोना स’ङ्क्रमण बढ्दै गएको छ । चौतारी म्युजिक बाट

२०७८ जेष्ठ ३०, आईतवार १३:३५ गते 1 Minute 763 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार