२०७९ असार १५ बुधबार

रोहितले किन पाए खेल जीवनकै पहिलो रातो कार्ड? यस्तो भन्छन् नेपाली रेफ्री ।

काठमाडौं : एसियाली पावर हाउस अष्ट्रेलियाविरु’द्धको खेलसँगै नेपालको फिफा विश्वकप २०२२ छनोट र एसियन कप २०२३ अन्तर्गत समूह बीको छनोट खेल सकिएको छ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय मैदानमा शुक्रबार राति एसियन कपको पूर्व च्याम्पियन अष्ट्रेलियासँग ३–० ले परा’जित हुँदै नेपालले छनोटको अन्त्य गरेको हो।अष्ट्रेलिया वि’रुद्ध पहिलो हाफमा २ गोल खाएको नेपालले दोस्रो

हाफमा १ गोल व्यहोरेको थियो। अष्ट्रेलियाको जितमा कप्तान म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बायलले एक एक गोल गरे। तर, अष्ट्रेलियाविरु’द्धको खेलमा नेपाल १० खेलाडीमा समेटिएको थियो। डिफेन्डर रोहित चन्दले रातो पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो।

४४औं मिनेटमा रोहितले काउन्टरमा रहेको बलमा अष्ट्रेलियाका मार्टिन बायललाई डिबक्स क्षेत्र बाहिर लडाएपछि ओमानी फिफा रेफ्री अहमेद अबु बकारले रोहितलाई सीधै रातो कार्ड देखाएका थिए।

पेनाल्टी क्षेत्र बाहिर ‘डक सो’ (स्पष्ट गोल हुने अवसरलाई वन्चित गर्नू) गरेसँगै नेपाल १० खेलाडीमा सीमित भएको हो।
अष्ट्रेलियाका मार्टिनले बल नियन्त्रणमा लिँदै नेपालको पेनाल्टी बक्सतर्फ अगाडी बढाउँछन । त्यो अवस्थामा नेपालको अन्तिम डिफेन्डमा रोहित रहेका थिए।

रोहितले हातको प्रयोग गर्दै तानेर रोक्न खोज्दा मार्टिन लड्न पुगे। तर, ओमानी रेफ्रीले रोहितलाई रातो कार्ड देखाउन केही समय हिच’किचाए। बल समेत ‘डेथ’ भएको थिएन। उनले सहायक रेफ्रीको सहायताले शतप्रतिशत निर्धक्कका साथ रेफ्री ‘ल’ अनुसार रातो कार्ड देखाए।

रेफ्री ‘ल’ अनुसार गोलरक्षक (किरण लिम्बु)लाई अन्तिम मानिदैन। अट्याकर मार्टिनसँग बल रहँनु, बल र गोल पोष्टको दूरी नजिक हुनु, बल सीधै पोष्टतर्फ अगाडि बढ्नुको कारण ‘डक सो’ को परिधिमा रहँदा रोहित रातो कार्डको भागीदार बनेका हुन्।

रेफ्रीले देखाउने रातो कार्डको ८ प्रकार मध्ये ‘डक सो’ पनि एक प्रकारको अवस्था हो। फिफा रेफ्रीसमेत रहेका एक नेपाली रेफ्रीले रोहितले त्यो अवस्थामा रातो कार्ड नै पाउने बताउँछन्।

‘रेफ्री ल अनुसार त्यो रातो कार्डकै अवस्था थियो। पेनाल्टी एरियामा त्यो अवस्थामा रातो कार्ड नै देखाइन्छ।’ नाम नखुलाउने सर्तमा उनले भने।

रोहितको यो खेल जीवनको पहिलो रातो कार्ड हो। मिडफिल्डर र डिफे’न्डर दुवै भूमिकामा खेल्न सक्ने रोहितले यसअघि क्लब र राष्ट्रिय टोलीबाट खेल्दा रातो कार्ड व्यहोरेका थिएनन्।

रोहित सन् २००९ बाट राष्ट्रिय फुटबल टोलीका नियमित सदस्य हुन्। एएफसी च्यालेन्ज कप छनोटअन्तर्गत रोहितले प्याले’स्टाइनवि’रुद्ध राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए। २९ वर्षीय रोहित इन्डोने’सियाको घरेलु लिग खेल्ने गर्छन्।

एन्फा एकेडेमीका उत्पादन रोहित तीन वर्षबाट पर्सिजा जाकर्ताबाट व्यवसायिक फुटबल खेलिरहेका छन्। मछिन्द्र क्लबबाट व्यवसायिक फुटबल अगाडि बढाएका रोहितले मनाङ मर्स्याङ्दी हुँदै मलेसियन लिग र इन्डोनेसिया पुगेका हुन्।
साभारः खेलपाटी

२०७८ जेष्ठ ३०, आईतवार १४:३५ गते 1 Minute 1123 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।