
काठमाडौँ : को’रोना भा’इरस सं’क्रमण महामा’रीका कारण काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी भएको छ। काठमाडौँ उपत्यकामा को’रोना भाइ’रस सं’क्रमण दरमा
कमि आएपनि जो’खिम कामयै रहेको भन्दै नि’षेधाज्ञा पुनः थप गर्न लागिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ । काठमाडौँमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषे’धाज्ञाका विषयमा छलफल गर्न
आज दिउँसो २ बजेपछि राजधानीका तीन जना नै प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दै छ । राजधानीमा को’रोना भा’इरस संक्र’मणको जो’खिम कायमै रहेकोले एक सातादेखि १५ दिनसम्म नि’षेधाज्ञा थप गर्ने अनौप’चारिक छलफल भएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
उनले भने, ‘आज हामी राजधानीका तीन वटै जिल्ला प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । बैठकले निषे’धाज्ञाको विषयमा निर्णय गर्नेछ ।’ प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी निषे’धाज्ञा थपिए पनि अहिलेको भन्दा केही खु’कुलो गर्ने तयारी रहेको बताए ।
उनका अनुसार यसपटक विकास निर्माणलाई थप प्राथमिकतामा राखेर सञ्चालन गर्न दिइने छ। त्यस्तै बिहान ९ बजेसम्म खाद्यान्न तथा पसल र तरकारी पसल खुल्दै आएकमा त्यसलाई केही थप गरिने छ । त्यसैगरी अन्य पसलहरूका लागि पनि समय तो’केर खोल्न दिने तयारी भएको छ ।
यसबाहेक पूर्ण स्वास्थ्य मा’पदण्ड अनिवार्य पालना गराउँदै निजी सवारी साधन जोर’बिजोर लागु गर्नेसम्मको प्रशासनको तयारी छ । यद्यपी नि’षेधाज्ञाको मोडालिटी कस्तो हुनेबारे निर्णय भइनसकेको र अहिले सरोकारवालासँग छलफलकै क्रममा रहेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि (जेठ ३१ गते)राति १२ बजे सकिँदैछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।