२०७९ असार १४ मंगलवार

नर्भिकमा उपचाररत अभिनेत्री निशालाई करिष्मा मानन्धरको यति ठूलो सहयोग ।

हाल नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री मोडल निशा घिमिरेको परिवारलाई अभिनेत्री करिष्मा मानन्धरले “कलाकारलाई कलाकारको साथ” भन्ने आव्हानका साथ

उनकाे बुबा प्रेमप्रसाद घिमिरेलाई २५ हजार नगद सहयोग प्रदान गरेकी छन्।नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाद्वारा जारी प्रेस नोटमा अभिनेत्री निशाका

बुबालाई २५ हजार नगद सहयोग प्रदान गरेको उल्लेख गरिएको छ।नेपाल चलचित्र कलाकार संघको समन्वयमा जेष्ठ २९ गते संघका बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती, संघका प्रबक्ता तथा

उपाध्यक्ष मोहन निरौला, निर्देशक तथा संचारकर्मी संझना उप्रेती रौनियार, बरिष्ठ फोटोग्राफर विकाश रौनियार र स्थानीय बासिन्दा रत्न तामांगको उपस्थितिमा अभिनेत्री मानन्धरले उक्त सहयोग रकम प्रदान गरेकी थिइन्।

२०७८ असार १, मंगलवार ०५:३९ गते 0 Minutes 939 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।