
काठमाडौं : विश्वकप छनोट अन्तर्गतको खेलहरु खेलेर नेपाल आज स्वदेश फर्किएको छ। जेठ ११ गते नेपालबाट गएको नेपाली टोलीले इराकमा मैत्रीपूर्ण खेल र कुवेतमा विश्वकप
क्वालिफायर्सको खेल खेलेर आज स्वदेश फर्किएको हो। टोली आइतबार बिहान ५ बजे कुवेतबाट कतारको दोहा हुँदै नेपाल आइपुगेको हो। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कतार फर्किएका छन्।
उनी एक साताको बसाईपछि मात्रै नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएकाे छ। यस्तै, डिफेन्डर रोहित चन्द इन्डोनेसिया प्रस्थान गरेका छन्। उनी शीर्ष डिभिजन क्लब पर्सिजा जकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्।
२३ खेलाडीसहित ३५ सदस्यीय नेपाली टोली ११ जेठमा चाटर्ड उडानमार्फत कतारको दोहा हुँदै इराकको बसरा प्रस्थान गरेको थियो। टोलीको आउने जाने हवाई खर्च विश्व फुटबल महासंघ (फिफा) ले बेर्होने छ।
नेपालले चार खेल खेल्दा १ जित र ३ हारको नतिजा निकाल्यो। मैत्रीपुर्ण खेलमा इराकसँग ६–२ ले पराजित भएको नेपालले छनोटमा चाइनिज ताइपेइलाई २–० ले हरायाे। बाँकी दुई खेलमा भने पराजित भएकाे थियाे। -ताजा खबर टिभि
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।