२०७९ असार १५ बुधबार

पहिरोको बीचमा जीप फसेपछी…

बेनी : हिमालपारीको जिल्ला मुस्ताङ जो’ड्ने एक मात्र बेनी–जोमसोम सडक खण्ड अबिरल वर्षाका कारणठाउँठाउँमा गएको प’हिरोले अ’वरुद्ध भएको छ ।

पछिल्लो तीन दिनदेखिको वर्षाले बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३, रुप्से, अन्नपूर्ण गाउँपालिका–२, नैनीबगर र नागढुङ्गामा पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार सडकभन्दा माथिबाट पहिरो आई सडक पुर्णरूपमा अ’वरूद्ध भएको र ढुङ्गा माटो ख’स्नेक्रम न’रोकिएकोले तत्काल सडक खु’लाउन स’मस्या देखिएको छ।
उक्त सडक अ’वरुद्ध हुँदा मुस्ताङ तर्फको सबै सम्पर्क बि’च्छेद भएको छ ।

ब’न्दाबन्दीले हवाइ यातायात समेत ब’न्द भएको अवस्थामा एक मात्रै सडक खण्डमा पनि पूर्ण रुपमा अ’वरुद्ध हुँदा मुस्ताङका जनता स’मस्यामा परेका छन् ।

त्यसैगरी म्याग्दीको बेनी–दरबाङ सडक खण्डको बेनी नगरपालिका–४, फापरखेत नजिकै घु’माउने भीर’मा खानीखोलाले सडक क’टान गर्दा बेनी–दरवाङ सडक पनि अ’वरुद्ध भएको छ ।

म्याग्दी जिल्लालाई अन्य जिल्ला सँग जो’ड्ने सडकहरु पनि पूर्ण रुपमा अ’बरुद्ध रहेको प्रहरीले जनाएको छ । बेनी–बागलुङ सडक खण्ड पनि अ’बरुद्ध भएको छ भने मालढुङ्गा–बेनी सडक खण्डको लस्तीमा पनि अवरुद्ध भएको छ ।

कालीगण्डकीको ब’हाब बढ्दा बेनी–गलेश्वर सडक खण्डको डल्लेपीपल नजिक सडक बगाउने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।बेनी जोमसोम सडक खण्डको रुप्से झरना नजिकै हा’इलक्स गाडी पहिरोको बीचमा फ’सेको छ ।

मुस्ताङको समरमा निर्माण सम्बन्धी काम गर्दै गरेको मेसीन मर्मत गरेर प्राविधिकहरु लिएर फर्कदै गरेको बा १८ च ६९६२ गाडी पहिरोको बिचमा फ’सेको अन्नपूर्ण गाउँपालिका–३

दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।
शेरचनका अनुसार डो’जरको सहायताले सडक खु’लाएर गाडी नि’काल्ने प्रयास भै रहेको भए पनि माथिबाट लगातार प’हिरो ख’शि रहेकोले सफल हुन सकेको छैन ।

२०७८ असार १, मंगलवार १२:४५ गते 0 Minutes 663 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।