२०७९ मंसिर १३ मंगलवार

खुशीको खबर : बन्द भएका खाडीका देशको उडान खुल्यो – क्वेर’न्टाइन खर्च सरकारले ।

काठमाडौ : सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकको हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको

अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति अबेरसम्म बसेको सीसीएमसीको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसियाका लागि हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको हो ।

यी देशहरुबाट सातामा दुई हजार जना यात्रुभन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुने छन् । बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारे’न्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

यता : सर्वोच्च अदा’लतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्याया’धीश हरिप्रसाद फुयाँलको एकल इज’लासले सो आदेश जारी गरेको हो ।

को’रोना भाइ’रसको संक्र’मणबाट नागरिकलाई बचाउनका लागि सरकारले गरेको नि’षेधाज्ञाका कारण निर्वाचन सर्दै आएको छ । निषेधा’ज्ञा निरन्तर रहेकाले समाप्त भइसकेपछि विधानले स्पष्ट अवधि तोकी कार्यकाल चार वर्ष र थप गर्न सकिने अवधि

एक वर्ष भनी उल्लेख भएकामा थप गरेको अवधि तथा निषेधाज्ञा जारी हुँदा बचत भएको समयलाई ध्यानमा राखी कार्यसमितिको वैधानिक प्रतिनिधित्व कायम राख्न यथाशी’घ्र निर्वाचन प्रक्रिया अघि बढाउन आदेशमा भनिएको छ ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन मन्त्रिपरिषद्को बैठकले पटकपटक सार्दै आएको छ ।

निर्वाचन प्रक्रिया ढिलाइ भएकाले यथाशी’घ्र गर्न माग गर्दै युनियनले सर्वोच्च अदालतमा रि’ट निवेदन दाय’र गरेको थियो । युनियनको निर्वाचनको मिति घो’षणा माग निजामती कर्मचारीको आधिकारिक टेड युनियनले सरकारसंँग यथाशीघ्र निर्वाचनको मिति घोष’णा गर्न माग गरेको छ ।

युनियनका कार्य’वाह अध्यक्ष भोलानाथ पोखरेलले आज विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोषणा गर्न माग गर्नुभएको हो । युनियनका पदाधिकारीको अवधि यही जेठ १९ गते सकिएको थियो ।

विसं २०७३ जेठ १९ गते भएको युनियनको निर्वाचन चार वर्ष समाप्त भर्ई पुुनः युनियनको विधान २०६९ को दफा ९३० अुनसार यही जेठ १९ गतेसम्म एक वर्ष कार्यकाल थपिएको थियो ।

सरकारले गत असोज र मङ्सिरमा निर्वाचनको मिति घोषणा गरे पनि को’भिड–१९ को कारणले सार्दै आइरहेको थियो । पछिल्लो पटक सरकारले भने मिति तोकेको छैन । पोखरेलले समयमा युनियनको निर्वाचन नगर्दा कर्मचारीको पेशागत अधिकार सङ्कु’चित हुने बताउनुभयो ।

२०७८ असार ३, बिहीबार २३:१८ गते 1 Minute 295 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।