
काठमाडौं : निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूले आन्तरिक उडान सुचारु गर्न सरकारलाई द’बाब दिए पनि तत्काल नै उडान खुला नगरिने संकेत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ ।
४५ दिनदेखि बन्द रहेको आन्तरिक उडान तत्काल नै नखुल्ने तर असार तेस्रो हप्तादेखि भने खुला गर्न सकिने सम्भावना रहेको मन्त्रालयले जानकारी दिएको छ ।मुलुकभित्र कोरोना भाइ`रस (को-भि’ड–१९)को संक्र`मण दर वृद्धि भएसँगै
वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको र त्यसलगत्तै सोही महीनाको २० गते मध्यरातदेखि ला`गू हुने गरी हालसम्म सरकारले आन्तरिक उडानहरू बन्द गर्दै आएको छ ।मन्त्रालयका एक अधिकारीले असार तेस्रो हप्तापछि मात्रै आन्तरिक उडा`नहरू खुला
गरिने सम्भा`वना रहेको पुष्टि गरेका हुन् ।पछिल्ला केही दिनमा कोभिड सं`क्र`मण दर घ`ट्दो अवस्थामा रहेको भए पनि अझै केही दिन पर्खनुपर्ने देखिएकाले तत्काल आन्तरिक उडान खुल्ने सम्भा`वना नरहेको उनको भनाइ छ ।
निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ, नेपालले जेठ २५ गते नै पर्यटनमन्त्री उमाशंकर अरगरियालाई पत्र लेख्दै असार १ गतेदेखि आन्तरिक उडान सुचारु गर्न माग गरेको थियो ।
सोही दिन आन्तरिक उडान सुचारु गर्ने सं`केत नपाएपछि संघले सोही दिन अर्थात् मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै यथाशी`घ्र आन्तरिक उडान सञ्चालन गर्न दिन सरकारसँग माग गरेको छ ।
संघका प्रव`क्ता योगराज कँडेल शर्माको हस्ताक्षरमा जारी विज्ञप्तिमा छिमेकी मुलुक तथा संसारभरि नै आन्तरिक उडान बन्द नगरिएको र हवाई यात्रा संक्र`मणरहित रहेको प्रमाणित भएको उल्लेख गरिएको छ ।
संघले सुरक्षित तथा संक्र`मणरहित उडानका लागि प्र’तिबद्ध रहेको र अहिले संक्र`मण दर पनि घ`ट्दो क्रममा रहेको भन्दै यथाशीघ्र आन्तरिक हवाई उडान सञ्चालन गर्न सरकारसँग मा`ग गरेको छ ।
मन्त्रालयअन्तर्गतको नागरिक उड्डयन महाशाखाका प्रमुख तथा सहसचिव बुद्धिसागर लामिछानेले आन्तरिक उडान सुचारु गर्न मन्त्रालय सका`रात्मक भएको बताए । ‘आन्तरिक उडान स्वास्थ्य मापद`ण्डहरू पालना
गरेर बिस्तारै खुलाउने तयारी मन्त्रालयको छ,’ उनले भने, ‘मन्त्रालयमा छलफल भइरहेको छ भने अर्कोतर्फ संक्र`मण दर पनि घट्दो अवस्थामा छ । आर्थिक अभियान दैनिक बाट
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।