२०७९ असार १५ बुधबार

आँचल शर्माले भनिन्, सबैको सपना मेलम्चीले बगाएको छ ।

काठमाडौँ : बाढी प्रभा’वित सिन्धुपाल्चोक जिल्लाको मेलम्चीका बासिन्दालाई सघाउन सेलेव्रिटी पनि सक्रिय भएका छन् । नायिका आँचल शर्माको टोलीले सिन्धुपाल्चोकको मेलम्चीमा

मंगलबार गएको बाढी पहिरो पि’डित ५० परिवारलाई राहत सामाग्री वितरण गरेकी छिन् । राहत वितरणको लागि आँचल र उनका श्रीमानको साथै निर्देशक मिलन चाम्स, बसन्त निरौला, अभिनेता रितेश चाम्स, ओएसआर डिजिटलका

ओम अग्रवाल पनि मेलम्ची पुगेका थिए । मेलम्ची पुगेर फर्किएपछि शर्माले सामाजिक सञ्जालमा लेख्दै त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो रहेको उल्लेख गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्

आज हामी सिन्धुपाल्चोक पुगेर फर्किएका छौ । त्यहाँको परिस्थती नियाल्दा कहालीलाग्दो छ । सवैको सपना मेलम्चीले बगाएर लगेको छ । तर विश्वास छ हामी सबै नेपालीहरु एक जुट भएर सिन्धुपाल्चोक बासी दाजुभाईदिदी बहिनीहरुको ती बगेका सपनालाई ठूलो पूल बनेर पुरानै लयमा फर्काउनु छ ।’

२०७८ असार ४, शुक्रबार २०:५६ गते 1 Minute 434 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।