२०७९ असार १८ शनिबार

अस्ति सम्म काम गर्न आउने दु:खि गरिबलाई दाल, भात, मासु बनाएर खु वाउने हात यही हो अहिले अरुले कति खेर खान देलान भन्ने आश गर्नु छ ।(भिडियो सहित)

काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची नदीमा पानीको बहाव कम भएपछि स्थानीय र सुरक्षाकर्मीले डुबान क्षेत्रका घरबाट सामान निकाल्न सुरु गरेका छन्।

बिहान ११ बजेबाट सुरक्षाकर्मीको सहायतामा स्थानीयले डुबानमा परेका करिब १५० घर र पसलबाट सामान निकालिरहेका छन्। डु’बानमा परेका घरभित्रका अधिकांश सामान काम नलाग्ने अवस्थाका छन्।

बिहीबार मध्यान्हबाट सामान निकाल्न सुरु गरे पनि पुनः बाढी बढेपछि स्थानीयको भागाभाग मच्चिएको थियो। सुरक्षाकर्मीले बिहीबार दिउँसो मेलम्चीको नयाँ बजार क्षेत्रलाई सिल गरेको थियो। मंगलबार राति आएको बाढीबाट मेलम्ची नगरपालिकामा मात्रै ६०० परिवार प्रभा’वित भएका छन्।

नगरपालिकाको मात्रै ३० करोडको सम्पत्ति बगाएको छ भने स्थानीयको घर र जमिन जोड्दा ३० अर्बभन्दा बढीको क्षति भएको मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्यालले नेपाल समयलाई जानकारी दिए।

मिडियासँग कुरा गर्दै पाढी पिडित भन्नुहुन्छ होटल बनाएर सञ्चालन गर्न लाखौ ॠ’ण लिएर खर्चगरी तयारी पुरा नहुदै सबै गयो म‘अस्ति सम्म काम गर्न आउने दुखि गरिबलाई दाल, भात, मासु बनाएर खुवाउने हात यही हो अहिले अरुले कति खेर खान देलान भन्ने आश छ’ बाँकी तलको भिडियोमा।

भिडियो !

२०७८ असार ४, शुक्रबार २३:२६ गते 1 Minute 331 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।