२०७८ माघ १४ शुक्रबार

काठमाडौँको आकासमा विहानैदेखि जहाज घुमेको-घुम्यै ! छिनमै बस्छ, छिनमै उड्छ कारण यस्तो छ ।

काठमाडौं : बिहानैदेखि काठमाडौँको आकासमा हिमालय एयरलाइन्सको जहाज घुमेको घुम्यै गरेको दृश्य देखिएको छ । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले बस्ने त कहिले उड्ने गरिरहेको छ ।

कतिपयलाई यो दृश्यले अचम्म लाग्नु स्वभाविकै हो । प्राय हेलिकप्टरहरुले आकासमा राउण्ड लगाइरहेको दृष्य सामान्य हो तर अन्तराष्ट्रिय उडानले आकासमा चक्कर लगाईरहेको दृश्य एयर ट्राफिक जामको अवस्थामा वा अवतरणको क्रममा मौषम खरावीको अवस्थामा देख्न सकिन्छ ।

सोमबार काठमाडौँको मौषम सफा छ । एयर ट्राफिक जामको कुरा त झन् अहिलेको अवस्थामा हुने कुरै भएन । यस्तो अवस्थामा यस्तो किन भइरहेको छ ? प्रश्नको विषय हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँको आकासमा बिहानैदेखि घुमिरहेको उडानको तालिका आइतबारनै तय भएको तालिका हो । काठमाडौँको आकासमा पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेका छन् ।

यसै कारणले आकासमा हिमालय एयरलाइन्सको अन्तराष्ट्रिय उडान घुमिरहेको छ ।.बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौका छोपेर आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । यसै कारणले छिनछिनमा उडान भईरहेको छ । -साजा सबाल

२०७८ असार ७, सोमबार १५:१३ गते 1 Minute 838 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार