२०७९ श्रावण २४ मंगलवार

जातीय भे’दभावका आ’रोपित छुटाउने शिक्षामन्त्री श्रेष्ठलाई ब’र्खास्त गर्न माग !

काठमाडौं : जातीय भे’दभाव तथा छु’वाछूत कसुर मुद्दाका आ’रोपितलाई हि’रासतबाट छुटाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट ब’र्खास्त गर्न

एमालेकै भ्रा’तृ संगठन नेपाल उत्पी’डित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ । सञ्चारकर्मी रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहि’ष्कार गरेको अभियोगमा प’क्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी

सरस्वती प्रधानलाई बुधबार मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हि’रासतमुक्त गराई आफ्नै झ’न्डावाल गाडीमा घर पु¥र्‍याई दिएपछि चौतर्फी आ’लोचना भइरहेको छ । यसै क्रममा एमालेको माधव नेपाल–झलनाथ खनाल निकट

संगठन नेपाल उत्पी’डित जातीय मुक्ति समाजले घ’टनाकै दिन बुधबार राति विज्ञप्ति जारी गरी शिक्षामन्त्री श्रेष्ठको ‘हर्कत’ वि’रुद्ध घोर भर्त्सना गर्दै कारबाहीस्वरूप उनलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको हो ।

‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कानुनलाई हातमा लिँदै अनुस’न्धानका लागि थुनुवामा रहेकी सरस्वती प्रधानलाई जब’रजस्ती थु’नामुक्त गरी आफ्नै

गाडीमा लगेर गएको हर्कतप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुक्ति समाजका अध्यक्ष गणेश विकेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान तथा कानुनविरो’धी काम गर्ने मन्त्रीलाई का’रबाहीस्वरूप मन्त्रीबाट ब’र्खास्त गर्न प्रधानमन्त्रीको ध्याना’कर्षण गराउन चाहन्छौं ।’

२०७८ असार १०, बिहीबार १६:३६ गते 1 Minute 506 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।