
एजेन्सी : केही दिनयता एउटा खबरले विश्वमै सनसनी मच्चायो । एकैपटक १० बच्चालाई जन्म दिएको खबरले विश्वलाई नै चकित बनाएको थियो ।
विश्वभरका मिडियाले यो खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका थिए । दक्षिण अफ्रिकाकी ३७ वर्षीया गोसियामी सिथोलीले एकैपटक १० बच्चालाई जन्म दिएको खबर
तस्बिरसहित सार्वजनिक भएको थियो । खबर आएपछि त्यहाँको गाउटेङ क्षेत्रमा खोज्दै कुनै पनि अस्पतालमा त्यति संख्यामा बच्चा जन्मिएको खुलेन । बच्चालाई जन्म दिएकी भनिएकी सिथोली गर्भव’ती समेत नभएको खुल्यो ।
उनलाई अहिले निय’न्त्रणमा लिइएको छ । मानसिक अवस्थाबारे निगरानी गरिदैछ । सिथोलीसँग ६ वर्षीय जुम्ल्याहा बच्चा भएको खुलेको छ । उनी जोहानेसवर्ग नजिकैको गाउटेङ क्षेत्रमा बसोबास गर्दै आएको खुलेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।