
काठमाडौँ : पोखराको पहिलो केबलकार निर्माण सम्पन्न भएको छ । फेवाताल र सराङकोटलाई जोड्ने केबलकारको निर्माण सम्पन्न भएर सञ्चालन गर्न सकिने अवस्थामा पुगेको हो ।
अन्नपूर्ण केबलकार प्रालिले निर्माण गरेको उक्त केबलकार सञ्चालनमा आएपछि फेवाताल, शान्ति स्तूप, हरियाली वनजङ्गल र माछापुच्छ हिमालको सुन्दरता एकैपटक आनन्द लिन सकिनेछ ।
को’रना सङ्क्र’मणको हालको अवस्थामा सुधार भएपछि केबलकार परी’क्षण गरिने अन्नपूर्ण केबलकारका सञ्चालकमध्येका एक तीर्थराज त्रिपाठीले बताए । गत वर्ष नै निर्माण सम्पन्न गर्ने तयारीमा रहेको केबलकार को’रोना भा’इरस सङ्क्र’मणका कारण एक वर्ष ढिलो गरी सम्पन्न भएको उनको भनाइ छ ।
त्रिपाठीका अनुसार केबलकारका लागि हाल १८ वटा गुन्डला ९डिब्बा० रहेका छन् भने थप गरेर ३६ वटासम्म पु¥याउन सकिने कम्पनीले जनाएको छ ।
हाल जडान गरिएका १७ वटा डिब्बा यात्रुका लागि र एउटा डिब्बा सामान बोक्नका लागि प्रयोग हुनेछ । प्रत्येक डिब्बामा एक पटकमा आठ जनासम्मले यात्रा गर्न सक्छन् । फेवाताल किनार सेतीबगरदेखि सराङकोटाको डाँडासम्म करिब आठ
मिनेटमै पुग्न सकिनेछध्र एक घण्टामा एक हजार पाँच सय जनाले आउजाउ गर्न सक्नेछन् । केही दिनअघि केबलकारको लठ्ठा दुई मिनेट चलाएर प’रीक्षण गरिसकेको त्रिपाठीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।