
काठमाडौ : आइतबारदेखि राष्ट्रिय गौरव अपर तामाकोशीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोडिने भएको छ । नेपाल विद्युत प्राधिकरणको प्रणाली संचालन विभागले असार १३ गतेदेखि
असार १९ गतेसम्म तामाकोशीलाई राष्ट्रिय विद्युत प्रणालीमा जोडिन लागेको जनाएको हो । यस अवधिमा खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिने विभागले जनाएको छ ।
प्रसारण लाइन बन्द गरिंदा विद्युत विद्युत प्रणालीमा विद्युत अपुग हुने भएकोले ढल्केवरदेखि कोहलपुरसम्मका सब स्टेसनबाट विद्युत आपूर्ति हुने क्षेत्रका ग्राहकहरुको विद्युत छोटो समयको लागि कटौती हुन सक्ने प्राधिकरणले जनाएको छ ।
समय अगावै कार्य सम्पन्न भएमा सोहि अनुसार विद्युत सुचारु हुने प्राधिकरणले जनाएको छ । कुलेखानी जलाशयको पानी प्रयोग गरि यथासम्भव विद्युत् कटौतीको समय कम गर्न
प्रयास गरिने प्राधिकरणले जनाएको छ । ४ सय ५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरि प्रसारण लाइनमा जोडिन लागेको हो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।