
काठमाडौ : गायक शिव परियारले नेपालमा आधुनिक शैलीबाट जातीय विभे’द बढावा दिइएको बताएका छन्। ‘नरिसाउ ल नानी भनि भनि आधुनिक शैलीमा वि’भेदलाई निरन्तरता दिइनै रहने हो ।
भने वि’भेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्व’न्द समाजमाजारी नरहला भन्न सकिन्न र? त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिनँ म,’ परियारले आफ्नो फेसबूकमा लेखेका छन् ।
विगतको भन्दा विभेदको शैली फेरिएको गायक परियारले उल्लेख गरेका छन्। ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द बचन वचन बोलेर गरेको वि’भेद मात्रै विभे’द थियो । अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि ।
यस्तो नि वि’भेद हुन्छ र ? भन्ने पुस्ता यसपटक सामाजिक सञ्जालमा धेरै देखिए । यो अहिलेको पुस्ताले चाहिँ विभेद गर्ने शैलीमा अलिक आधुनिकता भि’त्र्याएको पाइयो,’ उनले भनेका छन्। मंगलबार सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारले
काठमाडौंको बबरमहलमा आफूमा’थि जातकै आधारमा विभेद भएको दाबी गर्दै प्र’हरीमा जा’हेरी द’र्ता गरेकी थिइन्। तत्पश्चात् घरबेटी सरस्वती प्रधानलाई प्रहरीले प’क्राउ गरेको थियो। प्रधान ३ दिन प्र’हरी हि’सारतमा बसेर छुटेकी थिइन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।