२०७९ श्रावण २४ मंगलवार

साउदीमा आइडी नविकरण नगरे ५ सय देखि १ हजार रियाल जरि’वाना, अटेर गरे स्वदेश फर्काउने ।

काठमाडौं : साउदी अरबले विदेशी नागरिकलाई आवासिय अनुमति नविकरण नगरे कारवाही हुने जनाएको छ । साउदी अरबको पासपोर्ट विभागका प्रमुखले आवासिय अनुमति

पत्रका म्याद सकिनु कम्तिमा तीन दिन अगावै नविकरण गर्न र जरिवानाबाट बच्न सुझाव दिएको स्थानीय सञ्चार माध्यमहरुले लेखका छन् । आइडी नविकरण गर्न चाहने व्यक्तिले अव्सार वा

वेभसाइट मोकीम मार्फत नविकरण प्रकृया गर्नुपर्ने जनाइएको छ । समयमै आइडी नविकरण नगरेमा पहिलो पटकका लागि ५ सय रियाल, दोश्रो पटक भएमा १ हजार रियाल र तेश्रो

पटक भएमा स्वदेश फर्काइने जनाइएको छ । साउदी अरबमा एक करोड भन्दा बढी विदेशी नागरिक छन् । यो साउदी अरबको कुल जनसंख्याको ३४ दशमलव ८ प्रतिशत हो ।

२०७८ असार १३, आईतवार १२:५९ गते 0 Minutes 513 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।