२०७९ मंसिर १३ मंगलवार

नेष्डो समृद्ध लघुवित्तको आईपीओ आउँदै !

काठमाडौं : नेष्डो समद्ध लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्काशनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

संस्थाले ८ लाख २८ हजार ७ सय ५० कित्ता अर्थात ८ करोड २८ लाख ७५ हजार रुपैयाँको आईपीओ जारी गर्न लागेको हो । आईपीओ निष्काशनका लागि संस्थाले ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ ।

संस्थाका कार्यकारी अध्यक्ष विश्व प्रकाश प्रसाईं ठकुरीका अनुसार आईपीओ निष्काशनका लागि गत ६ गते नै बोर्डमा निवेदन दिएको थियो । अब बोर्डले अनुमति दिएपछि संस्थाले सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ ।

गण्डकी प्रदेश सरकारले ८५ वटै पालिकाको वि\पद् कोषमा पाँच लाख दिने !

गण्डकी (रासस) : गण्डकी प्रदेश सरकारले विपद् व्यवस्थापनका लागि ८५ वटै पालिकालाई रु पाँच लाखका दरले रकम पठाउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले बताउनुभयो ।

स्थानीय व्यवस्थापन कोषमा विपद्जन्य घट’नाहरूको रो’कथाम, उद्धा’र र राहत तथा पुनःस्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न उक्त रकम दिन लागिएको हो । चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने छ ।
उहाँका अनुसार अहिले बाढी पहिरोको प्र’कोप निकै बढेका

कारण प्रदेशले सिधै सहयोग गर्ने भन्दा पनि पालिकाबाट उ’द्धार तथा राहतको काम हुने भएकाले थोरै भए पनि सहयोग पुगोस् भनेर सो रकम दिने निर्णय गरिएको हो । प्रदेशभरका जिल्लामा भएको क्ष’तिको विवरण सङ्कलन गरी आवश्यकतानुसार उद्धा’र, राहत तथा पुनःस्थापना गरिने उहाँले जानकारी दिनुभयो ।

२०७८ असार २६, शनिबार १९:०० गते 1 Minute 280 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।