
सियोल : दक्षिण कोरियाली राष्ट्रपति मून जाइ–इन प्रतिको जनविश्वास गत हप्ताको तुलनामा ३.१ अङ्कले वृद्धि भई ४१.१ प्रतिशत पुगेको साप्ताहिक मूल्याङ्कन विवरणले देखाएको छ ।
मार्चपछि १८ हप्तामा उहाँप्रतिको समर्थनमा पहिलोपटक ४० प्रतिशतभन्दा माथि पुगेको हो ‘रियलमिटर’ सर्वेक्षण रिपोर्टले देखाएको छ । राष्ट्रपति मूनको आचरणको नकारात्मक
मूल्याङ्कन पहिलेको हप्ताको तुलनामा गत हप्ता ३.२
प्रतिशत अङ्कले घटेर ५४.९ प्रतिशतमा झरेको छ ।
मूनको डिमोक्र््याटिक पार्टीप्रतिको समर्थन गत हप्ता
३.३ प्रतिशतले वृद्धि भई ३२.९ प्रतिशत पुगेको छ । दक्षिण कोरियाको मुख्य प्रतिपक्षी दल, पिपल्स पावर पार्टीलाई गत हप्ता ३७.१ प्रतिशत समर्थन मिलेको छ ।
यो अघिल्लो हप्ताको तुलनामा ०.६ प्रतिशतले बढी हो ।
अर्को दल ओपन डिमोक्र््याटिक पार्टीप्रतिलाई सात प्रतिशत मात्र समर्थन मिलेको छ भने पिपल्स पार्टीलाई छ र जस्टिस पार्टीलाई ३.५ प्रतिशत समर्थन कायम भएको छ । -रासस
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।