
काठमाडौं : अमेरिकाबाट नेपालले सोमवार प्राप्त गर्ने जोनसन एन्ड जोनसनको खोप बैदेशिक रोजगारमा जाने युवाहरूलाई दिइने भएको छ ।
सरकारको को’भिडसम्बन्धी विज्ञ समितिका संयोजक डा. श्यामराज उप्रेतीले चिनियाँ र अमेरिकी खोप एकैसाथ उपलब्ध हुने भएकाले श्रम गन्तव्यको मापदण्ड हेरेर वैदेशिक रोजगारीमा जान सुनिश्चित भएका कामदारहरूलाई दिइने भएको हो ।
बैदेशिक रोजगारमा जाने युवाहरुले खोप नपाएकै कारण रोजगारी गुमाउनु पर्ने अवस्था सृजना भए संगै सरकारले अमेरिकाबाट ल्याएको खोप रोजगारमा जाने युवालाई दिन थालिएको हो ।
बैदेशिक रोजगार मुलुक कतार, युएइ, मलेसिया र अन्य खाडिका मुलुकमा रोजगारको लागि जानको लागि खोप लगाएको हुनु पर्ने सर्त रोजगारदाता मुलुकले राखे पछि सरकारले खोप दिने निर्णय गरेको हो ।
त्यसो गर्दा लगभग १९ लाख जनसङ्ख्यालाई खोप दिनुपर्ने अवस्था रहेको र त्यो चीनबाट हाल खरिद गरिएको ४० लाख खोपको मात्राले पर्याप्त हुने डा. उप्रेतीको भनाइ छ। त्यसबाहेक वैदेशिक रोजगारीमा जान लागेका व्यक्तिहरूलाई
पनि उच्च प्राथमिकतामा राखेर खोप वितरण गरिनुपर्नेबारे प्रस्ताव गरिएको उनले बताए।डा. उप्रेती भन्छन्, रोजगारीबाट फर्किएका कति व्यक्तिहरू खोप लगाउन नपाएर जानै पाएका छैनन्।
खोप लगाउनको लागि जिल्ला प्रशासन कार्यालयबाट प्रमाणिकिकरण गर्नु पर्ने हुन्छ । भिसा लागेको वा पासपोर्टमा भिजा प्रक्रियामा रहेको आधार प्रस्तुत गर्नेले खोप पाउने बिज्ञहरु बताउछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।