
काठमाण्डौ : सरकारले आज असार २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि खोप लगाउने भएको छ । खोप अनिवार्य गरेका देशमा जाने नेपालीहरूलाई आजदेखि
चीनबाट ल्याइएको भेरोसेल खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने नेपालीलाई पासपोर्ट र भिसाको आधारमा खोप लाइनेछ ।
सरकारले चीनबाट ल्याएको भेरोसेल खोप र अमेरिकाबाट ल्याएको जोनसोन एण्ड जोनसोन खोपको पहिलो मात्राको रूपमा आजदेखि लगाउन लागिएको हो ।
पछिल्लो समय खाडीका केही देशले कोरोना विरुद्धको खोप लगाएका कामदारलाई मात्र लिने नीति लिँदा बिदामा आएका र नयाँ जान खोज्ने धेरै श्रमिक रोकिएका छन् ।
खोप केन्द्र हरु !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।