२०७९ जेष्ठ १० मंगलवार

जापान सरकारले नेपाललाई १६ लाख डोज खोप सहयोग गर्ने, केहि दिनमा नेपाल आइपुग्ने ।

जापान सरकारले नेपाललाई को-भि’ड १९ बि’रुद्दको खोप सहयोग गर्ने भएको छ। जापान सरकारले नेपाललाई करिब १६ लाख डोज को-भि’ड बि’रुद्दको खोप सहयोग बापत उपलब्ध गराउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयकाअनुसार को’भ्याक्स अन्तर्गत जापानले आफुले बनाएको अ’स्ट्राजेनीका नामको १६ लाख डो’ज नेपाललाई उपलब्ध गराउने भएको हो। जापानका परराष्ट्र मन्त्री तो’षीमित्सु मो’टेजीले नेपाललाई को’भ्याक्स अन्तर्गत खोप उपलब्ध गराउने घोषणा गरेका हुन्।

उक्त खोप जति सक्दो छिट्टो नेपालमा ल्याइने परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाललाई खोप उपलब्ध गराउने जापान सरकारको निर्णयलाई नेपाल सरकारले स्वागत गर्दै धन्यबाद व्यक्त गरेको छ। अमेरिकाको सरकारले कोभ्याक्स अन्तर्गत नेपाललाई दिएको १५ लाख डो’ज खोप हिजो मात्रै नेपाल आइपुगेको छ।

अमेरिकाले उपलब्ध गराएको डो’ज जो’न्सन एण्ड जोन्सन खोप एक डोज मात्र लगाए पुग्ने दा’बी गरिएको छ। भारतबाट को-भि’ड १९ बि’रुद्दको खोप ल्याउने प्रयास असफल भएपछि खोप ल्याउनलाई नेपालले कु’टिनितिक स्रोत

मार्फत बिभिन्न देशहरुसँग स’म्बादलाई तिब्रता दिएको छ। सोहि अनुसार अमेरिकाले नेपाललाई अनुदानमा १५ लाख खोप उपलब्ध गराएको हो। नेपालले चीनको सि’नोफार्म कम्पनीसँग ४० लाख डोज खोप ल्याउने सम्झौता गरिसकेको छ।

सो सम्झौता अन्तर्गतको आठ लाख खोप नेपाल आइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सम्झौताअनुरुपको बाँकी ३२ लाख डो’ज को-भि’ड’को खोप पनि नेपाल ल्याउनलाई उडान तालिका समेत सु’निस्चित गरि सकेको अवस्था रहेको छ।

२०७८ असार ३०, बुधबार १४:१९ गते 1 Minute 572 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।